विपद व्यवस्थापन सम्बन्धी सुकुटेमा बृहत छलफल, छलफलद्वारा ६ बुँदे प्रस्ताव पेश

दिनेश दुलाल
जेठ २ (२०८०), सुकुटे । विपदग्रस्त क्षेत्र सिन्धुपाल्चोकको सुकुटेमा विपद व्यवस्थापन सम्बन्धी बृहत छलफल सम्पन्न भएको छ । विभिन्न सरोकारवाला बीच मंगलबार भएको छलफलले ६ बुँदे प्रस्ताव पेश गरेको छ ।

विपद व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रमको उदघाटन गर्नुहुँदै बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यमा भएको छलफलमा संघीय तथा प्रदेश सांसद, जिल्लाका प्रमुख अड्डा, विपद व्यवस्थापन परियोजनाका संस्थाहरु र जनप्रतिनिधि तथा कर्मचारी लगाएतको उपीथतिमा भएको हो । विभिन्न सरोकारवालाहरु बीच भएको बृहत छलफलद्वारा तयार गरिएको ६ बुँदे प्रस्ताव बागमति प्रदेशका मुख्यमन्त्री जम्कट्टेल समक्ष पेश गरिएको थियो ।

विपद व्यवस्थापन समिति सिन्धुपाल्चोकका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रमेशकुमार न्यौपानेको अध्यक्षतामा भएको छलफलले ६ बँुदे प्रस्ताव पेश गरी मुख्यमन्त्री समक्ष पेश गरिएको सायक प्रमुख जिल्ला अधिकारी निरान्जन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ६ बुँदा अन्र्तगत भोटेकोशी र बलेफी खोलाको तटीय क्षेत्रमा बाढी पूर्व सूचना प्रणाली (साईरन जडानको लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने, प्रदेश सरकार र राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणसंग विपद प्रतिकार्य र न्युनिकरणको लागि आवश्यक खोज तथा उद्वार सामाग्री माग गर्ने र भण्डारणको लागि शसस्त्र प्रहरी बल नेपाल नम्बर १६ गण हेडक्वाटर बन्देउमा भन्डारण गर्न व्यवस्था मिलाउने र जिल्लाका विपदग्रस्त क्षेत्र र उच्चजोखिमयुक्त क्षेत्रहरुमा आपतकालिन आश्रय स्थल तथा विपदबाट प्रभावित घरपरिवारको लागि एकीकृत बस्ती विकास तथा पूर्वाधार निर्माण गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

यस्तै जिल्ला भित्र हाल स्थापित वर्षामापन यन्त्र अप्रयाप्त भएकोले विश्वासनीय पूर्व सूचना प्रणालीको लागि आवश्यकता अनुसार थप स्थानहरुमा बर्षा मापनयन्त्र बहुप्रकोपीय पूर्व सूचाना प्रणाली जडान गर्न प्रदेश सरकारसंग अनुरोध गर्ने र यस सिन्धुपाल्चोक जिल्लाद बहुप्रकोपीय विपद जोखिम क्षेत्रभित्र पर्ने भएकोले विपद व्यवस्थापनको क्षेत्रमा काम गर्ने जनशक्ति व्यवस्थापन लगाएत आवश्यक साधनस्रोतहरु उपलब्धताको लागि राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण तथा प्रदेश सरकारसंग अनुरोध गर्ने र यस सिन्धुपाल्चोक जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ अन्र्तगतका ८ वटा स्थानीय विपद व्यवस्थापन समितिहरुले बर्षातमा हुनसक्ने सम्भावित विपद्को पूर्व अनुमान गरी आवश्यक खाद्य तथा गैह्र खाद्य सामाग्री र खोज तथा उद्वारका सामाग्री भण्डारण गर्ने । साथै प्रदेश सरकारको सहयोगमा स्थानीय तहमै खोज तथा उद्वार सामाग्रीहरु राख्ने व्यवस्था मिलाउने सम्बन्धमा प्रस्ताव पेश गरिएको हो ।

सुकुटे स्थित एक रिसोर्टमा मुख्यमन्त्री जमकट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न बृहत छलफल कार्यक्रममा बागमति प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुवोध’, बागमति प्रदेश सदस्यद्वोय सरल सहयात्री पौडेल, अमृता नेपाल लगाएतले आफ्नो धारणा राखेका थिए । त्यस्तै विपदग्रस्त पालिकाका जनप्रतिनिधिहरुद्वारा सम्बन्धित पालिकाको बस्तुगत अवस्थाको रिपोर्टिङ गरिएको थियो भने विपद व्यवस्थापन पूर्व तयारी तथा विपद व्यवस्थापन प्रतिकार्यका सन्दर्भमा कार्यपत्र प्रस्तुत गरिएको थियो । सरोकारवालाहरुले विपद पछिको प्रतिकार्य भन्दा पनि विपद पूर्व तयारीको लागि आवश्यक ईकुमेन्ट तथा आर्थिक अवस्थाको जोह गर्न मुख्यमन्त्री जमकटेलसंग माग गरेका थिए ।

कार्यक्रममा बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामा, त्रिपुरासन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोरा, सुनकोशी गाउँपालिका अध्यक्ष टपेन्द्र तिमिल्सिना, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो र बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ लगाएतले आफ्नो पालिकामा हुनसक्ने सम्भावित जोखिमहरको सन्दर्भमा मुख्यमन्त्री समक्ष ध्यानकर्षण गराएका थिए ।
सिन्धुपाल्चोक १ नम्बर निर्वाचन क्षेत्र अन्र्तगतका बाह्रबिसे, भोटेकोशी, जुगल, त्रिपुरासुन्दरी र बलेफी गाउँपालिका विपदग्रस्त क्षेत्र मानिन्छ । विपद सम्बन्धी सोही प्रकारको कार्यक्रम केही दिनमै २ नम्बर क्षेत्रमा आयोजना गरिने विपद व्यवस्थापन समितिले जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस

मुख्यमन्त्रीले भने–‘विपद रोक्न स्थानीय जनप्रतिनिधिहरुले डोजर लगाउँदैनौं भन्ने प्रतवद्वता गर्नुपर्छ’