
सदबहार एकेडिमीको १६ औं अभिभावक दिवस तथा तथा दिक्षान्त समारोह सम्पन्न(फोटो फिचर सहित)

दिनेश दुलाल
बैशाख २९, खाडीचौर (सिन्धुपाल्चोक) । निजी विद्यालय सदबहार एकेडेमी खाडिचौरले १६ अभिभावक दिवस तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ ।
शुक्रबार सम्पन्न एकेडेमीको १६ औं अभिभावक दिवस तथा दिक्षान्त समारोहको सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र तिमिल्सिनाले उदघाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि रहेका तिमिल्सिनाले आफ्नो कार्यकाल सुरु भएको एक वर्षमा विद्यालयको वार्षिक उत्सव कार्यक्रममा सदवहारको वार्षिक उत्सव कार्यक्रम पहिलो र भव्य भएको भन्दै प्रशंसा व्यक्त गरे । एकेडेमीको दिक्षान्त समारोह जिल्लामै नौलो भएको समेत बताए । निजी लगानीमा सञ्चालित प्रभाईभेट स्कुलहरुको प्रगतिबाट सिक्न समेत आग्रह गर्दै पालिका अध्यक्ष तिमिल्सिनाले निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था भने अत्यान्त नाजुक भएको टिप्पणी गरे ।
अध्यक्ष तिमिल्सिनाले गाउँपालिकाले गुणस्तरीय शिक्षा प्रदान गर्न नसक्ने सामुदायिक विद्यालयका शिक्षकहरुलाई गोल्डेन ह्याण्डचेक उपलब्ध गराउने रणनीति लिएको समेत बताए । बच्चाहरुको भविश्य माथि खेलबाड नगर्न आफूले सार्वैजनिक रुपमै भनिसकेको जनाउँदै उनले विद्यालयको गुणस्तरीय जाँच गर्न प्रश्नपत्र गाउँपालिकाले बनाउने तथा उत्तरपुस्तिका समेत जाँच गर्नेगरी सुनकोशी गाउँपालिका भरी कम्तीमा तीन ठाउँमा ८ कक्षको परिक्षा लिने तयारी भएको जानकारी दिए । त्यस्तै सुनकोशीका विद्यालयहरुले एक आपसमा पढ्दै पढाउँदै कार्यक्रम सुरुवतात गर्न गाउँ कार्यापालिका बैठकले पास गरेको समेत उनले बताए ।
कार्यक्रममा पालिका उपाध्यक्ष कान्छी लामाले विद्यालयहरुको शैक्षिक गुणस्तरीयको लागि स्कलमा बालबच्चा पढाउने मात्र नभई अन्य व्यक्तिहरुले समेत अभिावकत्व भूमिका निर्वाह गरेर सहयोग गर्नुपर्ने धारणा राखिन । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले मुलकको लागि जनशक्ति निर्माण गर्ने काम शिक्षाले प्रदान गर्ने भएकोले सबै विद्यालयको गुणस्तरीय शिक्षाको लागि जनप्रतिनिधि देखी राष्ट्रसेवक कर्मचारी समेत अभियानमा लागिरहेको बताए ।
त्यस्तै कार्यक्रममा वडा ७ का वडाअध्यक्ष ईश्वर तिमिल्सिना, ३ का ईश्वर तामाङ, निजी विद्यालय अर्गनाईजेशन प्याब्सनका अध्यक्ष ओमप्रसाद उप्रेती लगाएतले शुभकामना राखेका थिए । एकेडेमीले साना बालबालिका लक्षित गरेको दोस्रो दिक्षान्त समारोह कार्यक्रम जिल्लामै पहिलो थालनी भएको सदबहार एकेडेमीकी सञ्चालक तथा प्रिन्सिपल दुर्गा थापाको दावी छ ।
विद्यालयको वार्षिक उत्सव कार्यक्रममा पूर्व प्राथमिक तहका विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लगाएतले दिक्षित गरेका थिए । त्यस्तै नर्सरी देखि १० कक्षा सम्मका विद्यार्थीहरुले साँस्कृतिक मनोरञ्जन प्रदान गरेका थिए ।