महासंघको जिल्ला÷नगर खुल्ला केन्द्रीय सदस्यमा बेदबहादुर श्रेष्ठ विजयी

चैत्र ३०,
काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला÷नगर खुल्ला केन्द्रीय सदस्यमा सिन्धुपाल्चोकका बेदबहादुर श्रेष्ठ विजयी भएका छन् । बुधबार सम्पन्न निर्वाचनमा श्रेष्ठले ७२ मत ल्याएर जिल्ला नगरतर्फको खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । श्रेष्ठ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष समेत हुन् । सिन्धुपाल्चोकमा आएको विपत्ती जुरे पहिरो, भोटेकोशी बाढीपहिरो तथा कोभिड–१९ माहामारीको बेलामा सक्रिय सहभागी जनाएर योगदान गरेका श्रेष्ठले पपुलर मत ल्याएर विजयी हुन सफल भएका हुन् । यसैगरी जिल्ला÷नगर उपाध्यक्षमा रामचन्द्र संघई समूहका सुरकृष्ण वैद्य निर्वाचित भएका छन् ।

उनले ४३ मत ल्याएर जिल्ला नगरतर्फको उपाध्यक्षमा निर्वाचित भएका हुन् । उनले अन्जन श्रेष्ठ प्यानलका अरुणराज सुमार्गीलाई ६ मतले हराए । सुमार्गीले ३७ मत ल्याए । त्यस्तै उमेशलाल श्रेष्ठको प्यानलका दिनेश श्रेष्ठले ३४ मत ल्याए ।
यस्तै वस्तुतगतर्फको उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् । ढकालले मनिषलाल प्रधान तथा सुकुन्तलाल हिराचनलाई पराजित गरेका छन् । ढकालले ६१ मत पाउँदा प्रधानले ५२ तथा हिराचनले ७ मत पाएका थिए । उनी उमेशलाल श्रेष्ठ समूहबाट प्रतिस्पर्धामा थिए । वरिष्ठ उपाध्यक्षतर्फको भने मतपरिणाम प्राप्त हुन बाँकी छ ।
यस्तो छ मत परिणाम