पत्रकार उत्पादन गर्दै प्रेस सेन्टर

(१७ चैत्र २०७९) चाैतारा । प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले नयाँ पत्रकार उत्पादनकाे लागि तालिम संचालन गरेकाे छ । २ दिनसम्म चल्ने उद्यमशीलता एवम् बिकास पत्रकारीता तालिम चाैतारामा संचालित रहेकाे छ ।

चाैतारा साँगाचाेकगढी नगरपालिकाे सहयाेगमा संचालित तालिमको शुक्रबार नगरप्रमुख कृष्णप्रसाद सापकोटाले उद्घाटन गरेका हुन् । तालिम उद्घाटन पछि शुभकामना दिदै सापकोटाले नयाँ व्यक्तिहरुले नयाँ अनुभव र सिकाईकासाथ पत्रकारीता क्षेत्रमा उभार ल्याउन आग्रह गरे । उनले तालिममा सहभागीहरुलाई नयाँपनसहित खाेजमुलक र शिक्षामूलक सन्देश प्रवाहकाे लागि शुभकामना व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोककाे अध्यक्ष जीवनप्रसाद श्रेष्ठले महिला पत्रकारहरुकाे खडेरी परेकाे बखत तालिममा महिला सहभागीता रहेकाेमा खुसि व्यक्त गरे । उनले सहभागि मध्ये १० प्रतिशत सक्रिय पत्रकारीता अाए आफुले महासंघको तर्फबाट सहयाेग गर्ने प्रतिबद्धता जनाए ।

तालिममा नगरभरीका ४४ जना सहभागि रहेकाे प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका अध्यक्ष सुन्दर शिरिषले जानकारी दिए । उनका अनुसार पुरानाहरुले पत्रकारीता छाडदै गएकाले नयाँ उत्पादन गर्न तालिमकाे आयाेजना गरिएकाे बताए ।