स्वावियुमा ५ क्याम्पस सर्वसहमती, ६ वटामा निर्वाचन हुने
निर्मल बस्नेत । चौतारा
सिन्धुपाल्चोक जिल्लामा रहेको १२ वटा क्याम्पसहरुमध्ये ५ वटा क्याम्पसमा सर्वसहमती भएको छ । एक वटा क्याम्पसले स्वियुमा भाग लिएका छैनन् । वाँकी ६ वटा क्याम्पसमा निर्वाचन हुने भएको छ ।
सहमति भएकोहरु चौतारा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा अमृत श्रेष्ठ सर्वसहमत चयन भएका छन् । शनिबार क्याम्पसमा भएको अनेरास्वबियू(क्रान्तिकारी), अनेरास्ववियु, नेबिसंघ र अनेरास्ववियू गरि ४ विद्यार्थी संगठनहरुको सहमतिमा अखिल क्रान्तिकारीका श्रेष्ठलाई स्ववियु सभापतिमा सर्वसहमतिबाट चयन भएका हुन् ।
क्याम्पसको स्ववियु उपसभापतिमा निर्मल श्रेष्ठ, सचीवमा सुशील तामाङ, सहसचिवमा सविना कार्की, कोषाध्यक्षमा प्रमिला वि.क र सदस्यहरुमा रस्मीला खत्री, सुदिप श्रेष्ठ, छिरिङ तामाङ , रोशन भुजेल, अस्मिता आचार्य, राजन अधिकारी , मनिता न्यौपाने, सुमिक्षा तामाङ, कोपिला श्रेष्ठ र प्रजिना बस्नेत निर्वाचित भएका छन् ।
त्यस्तै, लिसंखुपाखर गाउँपालिकाको कंकलिङ क्याम्पस ठुलोपाखरमा पनि अखिल (क्रान्तिकारी) का लक्ष्मण घिसिङ स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा सर्वसहमत निर्वाचित भएका छन् ।
उपसभापतिमा पाल्साङ लामा नेविसंघ,सचीवमा संजिब श्रेष्ठ नेविसंघ,सहसचिवमा फुर्वा तामाङ अनेरास्ववियू ,कोषाध्यक्षमा आसिकि लामा अनेरास्ववियू, सदस्यहरु सबिता सेवा,कमल के सि, सन्तोशी शाक्य,अरुणा बस्नेत, रुपक बस्नेत , बिकास लामा निर्वाचित भएका छन् ।
सुनकोशी क्याम्पसको सभापतिमा अनेरास्ववियुको हिरा थामी र ठोकर्पा क्याम्पसको सभापतिमा नेबिसंघको सरस्वती जिसीको नेतृत्वमा सम्पूर्ण टिम सर्वसहमतिले निर्वाचित भएका छन् ।
मेलम्ची नगरपालिका भोटेचौरमा रहेको सिन्धु भ्याली क्याम्पसमा नेविसंघको सुरज चौलागाई सभापति रहेको ३ संगठनको व्यत्तिहरु निर्वाचित भएको र पाँचपोखरी क्याम्पस, सिपापोखरेमा पनि सहमति हुने सम्भावना रहेको अनेरास्ववियू (क्रान्तिकारी) का जिल्ला अध्यक्ष छितीज तामाङले जानकारी दिएका छन् ।
जिल्लामा रहेको १२ वटा क्याम्पस मध्ये ५ वटामा सर्वसहमति भएको छ भने ईन्द्रावती गाउँपालिकाको अभयानन्द शिक्षा क्याम्पसले स्वबियुको प्रकृयामा भाग लिएनन् । ६ वटा क्याम्पसमा निर्वाचन हुने भएको छ । निर्वाचन आगामी चैत्र ५ गते हुनेछ ।