सुनकोशी गाउँपालिका भित्रका सबै कच्ची सडकहरु मिटर चौडा गरिदै
माघ २४, खाडीचौर । सुनकोशी गाउँपालिका भित्रका सबै कच्ची सडकहरु मिटर चौडा गरिने भएको छ । सुनकोशी गाउँपालिका भित्रका सबै कच्ची सडकहरुलाई सडक मापदण्ड अनुसार ६ मिटर चौडाई सहित १२ महिना नै यातयातका साधानहरु सञ्चालन हुन सक्ने गरेर निर्माण सुरु गरेको गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमिल्सिनाले बताए ।
उनका अनुसार गाउँपालिका र अन्य विभिन्न स्रोतहरुबाट स्थानीयले यस अघि निर्माण गरेका सडकहरुको चौडाई कम हँुदा यातयातका साधानहरु सञ्चालनमा समस्या हुदै आएको थियो । गाउँपालिकाले अब भने पालिका भित्रका सबै वडामा रहेका सडकहरु ६ मिटर चौडाई हुने गरेर निर्माण सुरु गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी । पालिकाले सडकलाई विशेष प्राथमिकतामा राखेर बजेट समेतको व्यवस्था गरेको छ । आगमी पाँच वर्ष भित्र ग्रामिण भेगका सडकहरुलाई स्तर उन्नती गरीसक्ने लक्ष्य सहित काम अगाडी बढाईएको गाउँपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत पूर्ण प्रसाद दुलाल आएसंगै शिक्षा, खानेपानी, सिंचाई, स्वास्थ र सडक तथा जनतामा आयआर्जन लगाएतका कामहरु तिब्र गतिमा अगाडी बढेको स्थानीयको भनाई छ । दुलाल सुनकोशी अघि लिसंखुपाखरमा लामो समय कार्यरत रहेका थिए ।