
गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोतिाको उपाधि सम्पदा माविलाई

दिनेश दुलाल
माघ २५, अत्तरपुर (सिन्धुपाल्चोक) । लिसंखुपाखर गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि सम्पदा माविले हात पारेको छ ।
बुधबार अत्तरपुर खेल मैदानमा सम्पन्न राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा प्रथम सम्पदा मावि जेठल, दोस्रो हरिसिद्दि मावि ककलिङ, तृतीय बुद्वोदय मावि लिसंखु भएको छ । खेलकुद विकास समितिकि संयोजक एलिना खत्रीका अनुसार प्रथम भएको सम्पदाले ७ स्वर्ण, ४ रजत र ४ कास्य गरी १५ उपाधि हात पारेको छ । त्यस्तै द्वितीय भएको ककलिङ हरिसद्वि मावीले ६ स्वर्ण, ६ रजत र ४ कास्य गरी १६ उपाधि प्राप्त गरेको छ भने तृतिय भएको बुद्वोदय माविले ४ स्वर्ण, ७ रजत र ७ कास्य गरी १८ उपाधि हाँसिल गरेको छ । त्यस्तै निगाले माविले २ स्वर्ण ३ रजत र १ कास्य गरी ६, देवी माविले १ स्वर्ण, संसारीमाई माविले १ कास्य, रमा माविले २ स्वर्ण, १ कास्य, धर्मदोयले १ स्वण, ३ रजत, जनकल्याणले १ स्वण, घिच्चेत उसिदुम माविले २ स्वण, १ रजत र २ कास्य हात पारेको हो ।
रिले, सटफुट, हाइजम्प, लम्जम्प, त्रिपल जम्म र भलिबल प्रतियोगिता समेत गरी आधा दर्जन खेल विधिामा विजेता खेलाडीहरुलाई पालिका अध्यक्ष राजु लामाले मेडल, प्रमाण पत्र सहित पुरस्कार प्रदान गरेका थिए ।
पुरस्कार वितरण पछिको कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष लामाले छोटो समयको तयारीमा खेलकुद आयोजना गरिएपनि कार्यक्रम उत्कृष्ट भएको प्रतिक्रिया दिए । आगमी आर्थिक वर्ष राष्ट्रपति रनिङसिल प्रतियोगिता अझ व्यव्स्थित गर्ने जनाउँदै उनले खेलकुद लगाएत साहित्य विधामा समेत पालिकाले आयोजना गरिने जनाकारी दिए ।
कार्यक्रममा पालिका उपाध्यक्ष मिठुदेवी लामाले खेल जिवनको अपरिहार्य भएकोले खेलकुद क्षेत्रलाई अझै व्यवस्थित गर्नुपर्ने धारणा राखिन ।
पालिका प्रमुख प्रशासकीय अधिकृत मंगलबहादुर विष्ठले राष्टपति रनिङसिल मात्र नभइ अघिपछि पनि खेलकुद कार्यक्रमलाई पालिकाले रकम छुट्टयाएको बताए । उनले खेलकुद मार्फत जनशक्ति उत्पादन र सम्बन्ध स्थापित गर्ने तथा अन्तरविद्यालय अतिरिक्त क्रियाकलाप सिकाइ र अनुभव अादान प्रदान गर्ने उदेश्यले गाउँपालिकाको वार्षिक कार्यक्रम खेलकुद विकास कार्यक्रम अन्तरगत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिएको जनाए ।
समापन कार्यक्रममा अधिकांश वडाका वडाअध्यक्षहरु, विद्यालयका शिक्षक तथा विद्यार्थी लगाएत स्थानीयको समेत सहभागी रहेको थियो ।