
तातोपानी भन्सार कार्यालयद्वारा साताव्यापी कार्यक्रम सहित ७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाईयो

दिनेश दुलाल
माघ १२, तातोपानी (सिन्धुपाल्चोक) । आज देशभर ७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस मनाईएको छ । भन्सार दिवसको अवसरमा तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकले साता व्यापाी कार्यक्रम गरेर मनाएको हो । हरेक वर्षको जनवरी २६ का दिन यो दिवस विश्वभर मनाउने गरिन्छ ।
‘ज्ञान र सिप हस्तान्तरण तथा पेशागत गौरब वोध गराउँदै भन्सार प्रशासनमा नयाँ पुस्तालाई हुर्काउने’ नारा दिएर यसपटक तातोपानी भन्सार कार्यालयले खेलकुद कार्यक्रम अन्र्तगत व्याडमेन्टिन तथा दौड प्रतियोगिता, पुरानो भन्सार कार्यालय सरसरफाई, व्यापार सहजीकरणका लागि अन्र्तक्रिया र सामाजिक उत्तरदायित्व अन्र्तगत शैक्षिक क्षेत्रको लागि विभिन्न व्याग वितरण गरिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
भन्सार दिवसको अवसरमा कार्यक्रमका प्रमुख अतिथि भोटोकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पाले भन्सार परिसरमा धुपिको विरुवा रोपेर कार्यक्रमको शुभराम्भ गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष शेर्पाले तातोपानी नाका राम्रोसंग सञ्चालन हुन नसक्दा हजारौ युवाहरू बिदेश पलायन हुनुपरेको यथार्थ सुनाए । नाका सुचारु गर्न स्थानीय सरकार तथा व्यवसायीले ठूलै पहल गरेपनि नसकिएको बताए ।
नाका खुलाउने नाममा केही राजनैतिक दल तथा व्यवसायीले मन्त्रीसंग बसेर फोटो खिचेको प्रति टिप्पणी गर्दै उनले भने, ‘फोटो खिचेर र ज्ञापनपत्र बुझाउने बितित्तै नाका सुरूचारू हुँदैन । चासो, चिन्ता र कुटनैतिक पहल गर्नु पर्छ ।’ सरोकारवालाहरूले प्रमुख चासो राख्नु पर्ने जोड दिंदै शेर्पाले जिम्मेवारी व्यक्तीहरूले यथार्थ बोल्नु पर्ने समेत तर्क राखे । चीनीयाहरुकोे नयाँ वर्ष सकिने बित्तिकै छलफल गर्ने कुरा भएको सुनाउदै पालिका अध्यक्ष शेर्पाले तातोपानी नाकामा रोजगारको वातावरण बन्न सके युवाहरू फेरि नेपाल फर्कने अवस्था आउन सक्ने ठोकुवा गरे । कार्यक्रममा शेर्पाले मजदुरहरू प्रति अन्याय गरेको भन्दै मजदुरहरूलाई भन्सारमा ओत्ने ठाउँ, ट्वाईलेट र बस्नेको व्यवस्था गर्न व्यापारीहरुलाई आग्रह गरे ।
कार्यक्रममा गाउँपालिका ३ नम्बर वडा अध्यक्ष निमासोना शेर्पाले तातोपानी भन्सारको अवस्था दयनीय रहेको भन्दै दलका ठूला नेताहरुले तत्काल एक्सपोर्ट र ईम्पोट हुन्छ भने पनि नभएको प्रति टिप्पणी गरे । चाईनले किन वास्ता गरेनन भन्ने बारेमा शुष्म अध्यायन गर्नुपर्ने उनको तर्क छ । वडा २ का अध्यक्ष कुमार श्रेष्ठले नाका बन्द भएसंगै जनताहरू विदेशीसिने क्रम जारी रहेको भन्दै वडामा ५ हजार जनसंख्या रहेकोमा अहिले १७९९ मात्र बाँकी रहेको बताए ।
कार्यक्रममा नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालीका अध्यक्ष अर्जुन सापकोटा, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका उपाध्यक्ष शम्भुबहादुर तिमिल्सिना, नेपाल हिमालय सिमापारका उपाध्यक्ष सुजित बस्नेत र शिल्क कम्पनी प्रा.लीका अध्यक्ष रमेश शेर्पा लगाएत वक्ताहरुले पछिल्लो पटक भन्सारले राजश्व संकलन मात्रै नभई विभिन्न सामाजिक दायित्व बहन गरेको भन्दै प्रसंसा व्यक्त गरे । भन्सार कार्यालयले व्यवसायीहरूलाई नङ र मासुको जस्तो सम्बन्ध राख्न समेत उनीहरुले अनुरोध गरे ।
कार्यक्रमको सभापतित्व गरेका तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले भन्सार विभागबाट सप्ताव्यापी गर्न निर्देशन गरे अनुसार फरक ढंगबाट कार्यक्रम आयोजना गरिएको बताए । यस वर्षको नारा अनुसार नयाँ आउने क्रमचारीलाई ज्ञान र सीपको हस्तान्तरण तथा मात्र नभई जनतामा सामाजिक दायित्व समेत पुरा गरिएको बताए ।
डब्लुसियोको मान्यता अनुसार राजश्व उपयोग नीति भएको उल्लेख गर्दै केसीले भन्सारको काम भनेको बैध व्यवसायलाइ सहजीकरण गर्ने र अवैध कारोबारलाई रोक्ने रहेको बताए । सो क्रममा केसीले तातोपानी भन्सार कार्यालयमा ४८ कर्षकै ईतिहासमा अहिले नै कमसल राजश्व संकलन भएको समेत जानकारी दिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी भन्सार कार्यालयका कर्मचारी, उद्योगी, व्यवसायी तथा मजदुररु समेत सहभागी उक्त कार्यक्रममा भन्सारका एक कर्मचारी तथा विभिन्न योगदान पु¥याएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
यसैगरी दिवसकै अवसरमार विभिन्न प्रतियोगितामा प्रथम द्वितीय र तृतीय भएका खेलाडीहरुलाई नगद सहित प्रमाणपत्र तथा ट्रपी प्रदान गरिएको थियो ।