जुगल गाउँपालिकाले गर्याे ३० जनाकाे जीवन बिमा
निर्मल बस्नेत
(१२ माघ १०७९) जुगल गाउपालिकाले जनयुद्ध , जनआन्दोलनका क्रममा राज्य तथा बिद्राेही पक्षबाट मारिएका शहीद , बेपत्ता र घाइते तथा अपांगता भएका साथै अति बित्पन्न परिवारकाे ३० जनाकाे १० बर्षे जीवन बिमा गरेकाे छ ।
२०७९ बैशाख ३१ मा सम्पन्न स्थानीय तहकाे निर्वाचन पछि निर्वाचित भएलगत्तै गाउपालिका अध्यक्ष रेशम स्याङ्वाेले शहीद परिवारकाे जीवन बिमा गाउँपालिकाले गर्ने प्रतिबद्धता गरेका थिए । अध्यक्ष स्याङ्वाेले उक्त प्रतिबद्धता आज पुरा गरेका छन् । रिलायवल नेपाल लाईफ इन्स्योरेन्सद्दारा जारी बिमालेख सम्वन्धित बिमितहरुलाई गाउपालिका अध्यक्ष रेशम स्याङ्वाेले हस्तान्तरण गरेका हुन् ।
पालिकाले छुट्टयाइएको ५ लाख रकमवाट १० बर्षे आवधिक जीवन बिमा गरेकाे हाे । याे पहिलाे बर्षकाे हाे १० बर्षसम्म पालिकाले ५ / ५ लाख किस्ता बन्दीमा बिमाशुल्क भुक्तानी गर्नेछ । गाउँपालिका अध्यक्ष रेशम स्याङ्वाेले बताए अनुसार याे पहिलाे चरणकाे हाे र आगामी बर्षहरुमा पनि आवश्यकता पहिचान गरि निरन्तर अघि बढाउने याेजना रहेको छ ।
उक्त बिमालेख हस्तान्तरण कार्यक्रममा रिलायवल नेपाल लाईफ इन्स्योरेन्सका क्षेत्रीय प्रवन्धक राजकुमार गिरी, चाैतारा शाखा प्रबन्ध लक्ष्मण बिष्ट र पत्रकारहरुकाे सहभागिता रहेकाे थियोे ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले यसभन्दा अघि पनि चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे कर्मचारीहरुकाे सामुहिक जीवन बिमा गरिसकेको चाैतारा शाखाका प्रवन्धक लक्ष्मण बिष्टले जानकारी दिएका छन् ।