निजामती कर्मचारीहरुको सरुवा तथा पदस्थापन गर्न फागुन मसान्त सम्मलाई स्थगित

पुष १, काठमाडौं । राजपत्र अंकित द्वितीय खरिदार तथा सो सरह कर्मचारीको सरुवा तथा पदस्थापन कार्य फागुन मसान्त सम्मलाई स्थगित गरिएको छ ।

नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्र्तगत संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखा अधिकृत अनुज घिमिरेले बुधबार हस्ताक्षरित परिपत्रमा उल्लेख छ ।

प्रशासन शाखाद्वारा मन्त्रालय, आयोग, सचिवालय तथा कर्मचारी सबैलाई सम्बोधन गरी पठाईएको परिपत्रमा भनिएको छ– ‘लोकसेवा आयोगको वार्षिक कार्य तालिका बमोजिम राजपत्र अंकित खरिदार वा सो सरहको पदहरुमा विज्ञापन प्रकाशित हुने सयमको तत्काल अगाडि लामो समय देखि सुगम स्थानमा रही काम काज गरिएका कर्मचारीहरु बढुवा प्रयोजनको लागि दुर्गम निकायहरुमा सरुवा भई क्रम देखिएको र सो को लागि विभिन्न निकायहरुबाट सरुवा सहमति समेत माग भई आउने गरेको पाईएको छ । यसरी बढुवा सूचना प्रकाशित हुनुभन्दा तत्काल अगाडि सरुवा गरी पठाउँदा लामो समयदेखि दुर्गम स्थानमा बसी सेवा गरी आएका कर्मचारीहरुलाई बढुवा प्रयोजनार्थ मर्का पर्ने भनी विभिन्न सरोकारवालाबट गुनासो आएको हुँदा राजपत्र अंकित द्वितीय श्रेणी खरिदार वा सो सरहको पदको कुनैपनि निकायमा सरुवा÷पदस्थापन गर्ने तथा सरुवा सहमति प्रदान गर्ने कार्य २०७९ सालको फागुन मसान्त सम्मको लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यस मन्त्रालयको मिति २०७९÷०८÷२७ गतेको निर्णय अनुसार अनुरोध छ ।’
यस्तो छ परिपत्र