पूर्व अरनिको यातायात प्रा.लि.को बार्षिक साधारणसभा तथा निर्वाचन प्रक्रिया सुरु
दिनेश दुलाल
भदौ १५, बनेपा (काभ्रे) । अरनिको यातायात सेवा समितिको रुपान्तरित पूर्व अरनिको यातायात प्रा.लि.को ४९ र ५० बार्षिक साधारणसभा सकिएर निर्वाचन प्रक्रिया सुरु भएको छ ।
बनेपाको अरनिको पार्टी प्यालेसमा सुरु भएको कार्यक्रमको उदघाटन राष्ट्रिय यातयात व्यवसायी माहासंघका केन्द्रीय अध्यक्ष विजयकुमार स्वाँरले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि स्वाँरले नेतृत्व छनौट मात्रै नभई नीतिगत रुपमा कसरी संस्थालाई लैजाने भनेर गहन छलफल गर्नुपर्ने धारणा राखे ।

कोरोना माहामारी तथा विभिन्न समस्याले यातायात व्यवसायी धराशही अवस्था आएको स्विकार्दै प्रमुख अतिथि स्वाँरले सरकारले जर्वजस्ती नामकरण गर्न लगाएका कारण प्रा.ली राख्न वाध्य भएको बताए । तर संस्थाको पुरानै रुप भएको समेत उनले स्पपष्ट पारे । ‘हाम्रो लगानी कसरी सुरक्षित हुन्छ र देशले सम्पूर्ण व्यवसायीलाई कसरी न्याय व्यवस्थापन गर्छ भन्ने कुरा आम देशभरी यातायात व्यवसायीहरुको माग र जिज्ञासा हो, अध्यक्ष स्वाँरले भने । देशभरीका ५ लाख भन्दा माथि यातायात व्यवसायी तथा मजदुरहरुको समस्या भएको उल्लेख गर्दै सरकारले सिन्डकेटको नाममा व्यवसायीलाई तहसनहस बनाएको आरोप अलगाए ।

राज्यको पद्वति नै बुभ्न नसकेको कारण धेरै कुरा गोन्जागोल भएको स्विकार्दै स्वाँरले नागरिकलाई सर्वसुलभ सुविधा तथा सेवा दिन यातायात व्यवस्था विभागले गर्न नसक्ने समेत ठोकुवा गरे । रुट अनुसारको यातायात व्यवस्थापन गरिनु सिन्डकेट नहुने तर्क राख्दै स्वाँरले व्यवसायीहरुले कहिल्यै सिन्डकेट नगरेको दावी गरे । उद्योग अन्य कलकारखाना जस्तोमा कानुन स्पष्ट गरेपनि यातायातमा स्पष्ट कानुन नभएको बताए । ईलेक्ट्रिक भियकलको नेपालमा चर्चा भएपनि त्यसको पूर्वाधारको विकास नभएको समेत उनको भनाई छ । व्यवसायीले सरकारलाई गालीमात्रै गरेर बस्ने समय नभएकोले त्यसबाट व्यवसायीले फाईदा र उपयोगिता लिन सुझाब दिए । भदौभित्र सरकारसंग व्यवसायीका समस्याको बारेमा पहल गर्ने यदि सरकारले कुनै सुनुवाई नगरे देशभर यातायात ठप्प पारिने चतवानी समेत दिए ।

त्यस्तै कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय माहासंघका वरिष्ट उपाध्यक्ष पूर्णप्रसाद सिटौला (सरोज) ले व्यावसायीको समस्यालाई चुनावी कर्मकाण्डीमा नटुङग्याउन सुझाब दिए । अस्तव्यस्त बसपार्कको आवश्यकता महसुस गरेर यातायात व्यवसायी माहासंघले पहल गरेपनि चुनावको कारणले गर्न नसकेको स्पाष्ट पारे । माहानगरले थालेको डोजर अभियान सन्दर्भ कोट्याउँदै सिटौलाले उक्त अभियान व्यवसायीको हितमा रहेको ठोकुवा गरे ।

केदार क्षेत्री राष्ट्रभरीका मजदुरहरुका सबालमा आफूले संस्थाको लागि ठूलै योगदान योगदान गरेको उल्लेख गर्दै संस्थाको लागि रगत समेत बगाएको दावी गरे । अरनिको स्वतन्त्र यातायात व्यवसायीका अध्यक्ष संघका अध्यक्ष यातायात मजुर राम ढुङगनाले यातयात व्यवसायीका काम गर्ने मजुरहरुको दैनिक अवस्था कष्टकर हुँदा पनि प्रा.ली ले संस्थागत र व्यवसायीको हकहितमा खासै काम नगरेको आरोप लगाए ।
कार्यक्रममा शुभकामना दिने अधिकांश वक्ताहरुले बसपार्कको उचित व्यवस्थापन नभएको तथा यातायात व्यवसायी अस्तव्यस्त भएको लगाएत समस्या राखेका थिए । कार्यक्रमका सभापति तथा पूर्व अरनिको यातायात प्रा.लिका अध्यक्ष चित्र बहादुर कँुवरले आफूले संस्था र व्यवसायीको हितको लागि अधिकतम समय खर्चिएपनि सरकारको गैरजिम्मेवारका कारण सोेचेको जस्तो परिणाम ल्याउन नसकेको खुलासा गरे ।


बिहान ८ बजेबाट कार्यक्रमको पहिलो सत्र गर्ने भनिएपनि ढिलोगरी १० बजे मात्रै कार्यक्रम सुरुवात भएको थियो । बन्दसत्र २ बजे मात्रै सुरुवात गरिएकाले निर्धारित समय भन्दा एक घण्टा ढिला मतदान प्रक्रिया थालिएको निर्वाचन संयोजक श्याम लामाले बताए । उनका अनुसार प्रा.लीमा ५ सय ८२ सदस्य रहेका छन् । अध्यक्ष पदका लागि निवर्तमान वरिष्ट उपाध्यक्ष नृपध्वज महत, निवर्तमान उपाध्यक्ष उद्वव गौतम र पूर्व अध्यक्ष केदार क्षेत्रीको त्रिपक्षीय भिडन्त छ । आजै मतदान सकिएर रातभरीमा परिणाम सार्वजनि गरिसक्ने निर्वाचन मण्डलको तयारी छ ।

