जुगल गाउँपालिकाले महत्वकांक्षी याेजनासहित अार्थिक बर्ष ०७९/०८० काे बजेट पारित गर्याे

निर्मल बस्नेत /जुगल चनाैटे
जुगल गाउँपालिकाले जनमूखी कार्यक्रम र महत्वकांक्षी याेजनासहित अार्थिक बर्ष ०७९/०८० काे लागि ६६ करोड ३२ लाख ३ हजार रुपैंया बजेट पारित गरेकाे छ ।

‘सामाजिक न्याय सहितको समृद्ध जुगल’ मूल नाराको साथ शुक्रबार जसगलकाे श्री रत्न राज्य मावि चनाैटेमा भएको १२औं गाउँ सभाकाे अधिबेशनबाट सभाकाे सदस्यहरुले सर्वसहमतिले एक ध्वनिका साथ नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो । गाउँपालिकाको उपप्रमुख हिमाल कुमार श्रेष्ठले बिगतमा संयुक्त गठबन्धनकाे चुनावी प्रतिबद्धतालाई ध्यान दिई बजेट ल्याइएको बताए । उनले विगतको भएको राम्रो कामलाई निरन्तरता दिएको र थप नयाँ कार्यक्रम समेत समाबेश गरिएको बताए ।

जुगल गाउँपालिकाले ‘शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, लैङ्िगक, जातीय समानता, पर्यटन,पूर्वाधार र समृद्ध जुगल निर्माणको आधार’को नारा अघि सारेको गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले बताए । उनले भने हामी जनताकाे अाधारभुत अावश्यकतालाई मुख्य रुपमा पहिचान गरि अझै लाेकप्रिय कार्यक्रम संचालन गर्ने छाैँ । र, साथै उर्जामा स्थानीयकाे लगानीमा बृद्धि गर्नेछौं । अझै प्रदेश सरकार र संघिय सरकारसंगकाे समन्वयमा याेजना बनाएर कार्यन्वयनमा लागि पर्ने बताएका छन् ।
जुगललाई पर्यटकीय पूर्वाधारका रूपमा विकास गर्न आवश्यक पहल गरिने भएको छ । अन्य सामुदायिक वनहरूलाइ पनि दीगो पर्यटकीय स्रोतका रूपमा संरक्षण गर्न आवश्यक पहल नीति तथा कार्यक्रममा उल्लेख छ ।

स्वास्थ्य उपचार, दिर्घराेगिहरु रगत परिक्षण र निःशुुल्क अाैषधी उपलब्धता, उत्पादन र रोजगार हामो आधारभूत प्रतिबद्धताःसामाजिक न्याय सहितको समृद्ध जुगल निर्माण अभियानमा हामी सबैको सहभागिता भन्ने मूल एजेण्डा अघि सारेका छन् । समृद्ध जुगलको आधार शिक्षा, स्वास्थ्य कषि उत्पादन, रोजगार र पूर्वाधारलाई प्राथमिकतामा राखि जलस्रोत, पर्यटन र जडिबुटीलाई अघिल्लो सरकारले भन्दा सरकारले विशेष प्राथमिकतामा दिगो उत्पादनमा आधारित कार्यक्रमहरु अगाडि बढाउने भएको छ ।
प्रशासकीय सेवा प्रवाहमा संस्थागत बिकास र सुशासनमा पालिकाले जाेड दिएकाे छ । यस कुरालाई कार्यन्वयन गर्न कर्मचारीको तर्फबाट अाफु लागि पर्ने प्रमुख प्रशासकीय अधिकृत लाेक बहादुर बिकले भने ।

साना कृषि,उद्योग, रोजगारीमूलक व्यवसायलाई जाेड दिने, पूर्वाधारको विकासको माध्यमबाट जनतालाई आयमुलक तथा सीपमूलक कार्यमा प्रोत्साहित गरि आर्थिक सामाजिक, शैक्षिक विकास तथा गुणस्तरीय जीवन निर्वाहमा सघाउ पुर्याउने नीति योजना ल्याएको उपाध्यक्ष हिमाल कुमार श्रेष्ठले बताए |
साेही गाउँ सभाले गाउँपालिकाकाे न्यायिक समितिमा तेञ्जी शेर्पा र राेशनी बर्देवा परियारलाई सर्वसहमतीले निर्वाचित गरेकाे छ ।