
दोस्रो कार्यकालको लागि हेलम्बुमा शेर्पा विजयी

जेठ २, हेलम्बु (सिन्धुपाल्चोक) । जिल्लाको हेलम्बु गाउँपालिकामा दोस्रो कार्यकालका लागि निमा ग्याल्जेन शेर्पा विजयी बनेका छन् । उनले ५ हजार ३ सय ८६ मत प्राप्त गरेका छन् ।
शेर्पाले नेकपा (एमाले) का उम्मेदवार दावा लामालाई १ हजार ८२ मतले पछि पार्दै जित हाँसिल गरेका हुन् । एमालेका उम्मेदवार लामाले ४ हजार ६सय ४ मत ल्याएका थिए । त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसबाट अप्सरा लम्साल लामिछानिले ५ हजार २ सय १४ मत ल्याएर निर्वाचित भएकी छिन् । उनका निकटम प्रतिद्वन्द्वी ४ हजार ६ सय ७१ मत प्राप्त गरेकी छिन् । त्यहाँ १७ हजार ५ सय ८६ मतदाता रहेको जिल्ला निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।
हेलम्बु गाउँपालिकाको लागि दोस्रो कार्यकाल निर्वाचित बनेका शेर्पा २०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा हेलम्बु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । उनले एमालेका उम्मेदवार हस्त पण्डितलाई पराजित गरेका थिए ।
शेर्पाले ५ वर्षे कार्यकालमा हेलम्बुको ग्रेटट्रेल, नमुना विद्यालय, शिक्षा, स्वास्थ्य तथा सडक सञ्जाल लगाएत जनताका विकास निर्माणमा उल्लेखनीय काम गरेको भन्दै निकै चर्चा कमाएका छन् ।