जनताकाे साथमा माअाेबादी छ – सापकोटा

निर्मल बस्नेत – सिन्धुपाल्चोक चैत्र १६
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लाेकप्रिय युवा नेता माधव सापकोटा ‘सुबोध’ ले १० बर्षे जनयुद्ध र पछिल्लो शान्तिपूर्ण अवस्थामा माअाेवादी निरन्तर जनताकाे साथमा रहेको बताएका छन् ।
उनले भने देश माअाेवादीकै एेजेण्डामा बढीरहेकाेले जनताकाे अाकर्षण माअाेवादीमा नै रहेकाे जिकिर गरे । अागामी बैशाख -३१ काे निर्वाचनमा माअाेवादीले अाफ्नाे साख जाेगाउदै जिल्लामा थप सफलता हासिल गर्ने ठाेकुवा गरे । सापकोटाले पार्टीको चौतारा साँगाचोकगढी नगरपालिका-३ नं वडा पार्टी कार्यालय उद्घाटन पछिकाे प्रथम विस्तारित बैठकमा उक्त कुरा ब्यक्त गरेका हुन् । बैठक सापकोटाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । बैठकले रामकुमार लामाकाे नेतृत्वमा ३१ सदस्यीय चुनाब परिचालन समिति गठन गरेको छ ।
उक्त कार्यक्रममा माअाेबादीकाे बागमती प्रदेश सचिवालय सदस्य झम्क पराजुलि ‘हिमाल’, बागमती प्रदेश सल्लाहकार एव्ं नगर प्रमुख अमानसिँ तामाङ ,बागमती प्रदेश सदस्य उजार सिं तामाङ,नगर कमिटी अध्यक्ष श्याम कृष्ण श्रेष्ठ, नगर सचिव रोशनराज गिरी,पार्टी जिल्ला समन्वय समिति सदस्य मिलन लामा लगायत स्थानिय नेता कार्यकर्ताको उपस्थिति रहेको थियोे ।