चौतारी सिन्धुपाल्चोप्रे्सकमा विदुर आचार्यको नेतृत्वमा ९सदस्यीय निर्वाचित

निर्मल बस्नेत ÷ चौतारा
(फागुन ५) प्रेस चौताराी नेपाल सिन्धुपाल्चोकको ५ औँ अधिवेशनले सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले विदुर आचार्यको अध्यक्षमा ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ । अधिवेशनले आगामी दुइ वर्षका लागि सर्वसहमत नयाँ समतिति निर्वाचित गरेका हो ।

निर्वाचित चौतारीको उपाध्यक्षमा देवराज सुवेदी, सचिवमा सागर खड्का, सह सचिवमा दिपिन ढुङ्गाना र कोषाध्यक्षमा गोमा खत्री निर्वाचित भएका छन् । संगठन समिति सदस्यहरूमा सुशिल सुवेदी,विशाल आचार्य,सुनिता लामा र मिङ्मार ग्याल्बो सर्वसम्मतरुपमा चयन भएका छन् । चौतारीको अधिबेशन नेकपा एमालेको पोलिटव्यूरो सदस्य अरुण नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नेपालले पाँनसमा वत्ति बाली तथा अन्य अतिथीहरुले ५ वटा मैन बत्ति वालेर कार्यक्रमको औपचारीक उद्घाटन गरेका हुन् । प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशनको अवसरमा आठ जना पत्रकार पुरस्कृत भएका छन् भने एक पत्रकारलाई सम्मान गरिएको छ । चौतारीले स्थापना गरेको सिन्धु चौतारी राष्ट्रिय क्रियाशीलता पत्रकारिता पुरस्कारबाट नेपाल प्रेसका सम्पादक मातृका पौडेललाई १० हजार १ सय ११ रुपैयाँ रकमसहित पुरस्कृत गरेको हो ।
चौतारीले युवा क्रियाशील पत्रकारिता पुरस्कारबाट देवराज सुवेदीलाई पुरस्कृत गरिएको छ । उनि रेडियो मेलम्चीका स्टेशन म्यानेजर हुन् । उनलाई ५ हजार रकम सहित पुरस्कृत गरेकोे हो ।
सम्मानतर्फ प्रेस चौतारी सम्मानबाट ग्यालेक्सी फोकेको पत्रकार प्रमोद न्यौपानेलाई सम्मान गरेको छ ।
त्रिपुरासुन्दरी गाउँपालिका – ६ चोकटीका बद्री अधिकारीका दाजुभाईले बुबा कुलबहादुर अधिकारी र आमा प्रेमकुमारी अधिकारीको नामबाट स्थापना गरिएको प्रेस चौतारी कुलबहादुर प्रेमकुमारी क्रियाशील पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका सिन्धुपाल्चोक संवाददाता ध्रुव दंगाल उनि प्रेस युनियनका पूर्व अध्यक्ष हुन् त्यस्तैं क्रान्तिकारी पत्रकार संघका पूर्व अध्यक्ष एवं नयाँ पत्रिका दैनिकका सिन्धुपाल्चोक संवाददाता रामकृष्ण थापा, नेपाल टेलिभिजनका सिन्धुपाल्चोक संवाददाता नेत्रप्रसाद पौडेल, पत्रकार शर्मिला ठकुरी,निरोज चौलागाई र ग्लोवलपाटी डटकमका सञ्चालक सुन्दर शिरीषलाई रु. ५ हजार नगदसहित पुरस्कृत गरिएको हो ।
अधिबेशनमा नेकपा एमालेको जिल्ला अध्यक्ष कमल नेपाल, प्रेस चोतारीको केन्द्रीय उपाध्यक्ष माधव नेपाल , एमालेको जिल्ला नेता टपेन्द्र तिमल्सीना, नेपाल पत्रकार महासंघको अध्यक्ष जीवनप्रसाद श्रेष्ठ, प्रेस नेन्टर नेपालको जिल्ला सचिव मणीसुन्दर कोइरला र प्रेस युनियनको जिल्ला कार्यसमितिको सचिब कमला पाख्रीननले सम्मेलन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सोही सन्दर्भमा नेकपा एमालेको नेता टपेन्द्र तिमल्सिनाले स्व. छोरा सुधिर तिमल्सिनाको नाममा रु.१ लाख १ हजारको अक्षयकोष स्थापनाको घोषणा गरेका छन् । घोषित अक्षयकोष ५० हजार ५ सय प्रेस चौतारी र ५० हजार ५ सय नेपाल पत्रकार पत्रकार महासंघ सिन्धुपाल्चोकलाई प्रदान गरेको छ ।