एमालेकाे जिल्ला अध्यक्षमा ६ जनाकाे उम्मेदवारी अाउन सक्ने

पुस १२, चाैतारा (सिन्धुपाल्चोक ) । नेकपा ( एमाले) सिन्धुपाल्चोक जिल्ला अध्यक्षमा ६ जनाकाे उम्मेदवारी पर्न सक्ने देखिएकाे छ ।

पौष २३ गते हुने जिल्ला अधिबेशन सिन्धुपाल्चोकमा
जिल्ला अध्यक्ष पदको लागि औपचारिक तथा अनौपचारिक ढङ्गबाट ती नेताहरूले उम्मेद्बारी दिने घोषणा गरिएकाे पार्टी स्राेतले जनाएकाे छ ।

पार्टी स्राेतले दिएकाे जानकारी अनुसार नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य केदार क्षेत्री अध्यक्षकाे अाकांक्षी देखिएका छन् । उनी बलेफी गाउपालिका अध्यक्ष हुन । क्षेत्रीले पार्टीकाे अधिवेशनमा समेत केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घाेषणा गरेका थिए । तर पार्टिले सहमतिका अाधारमा सदस्य निर्वाचित गरेपछि उनी पछि हटेका थिए ।

तस्तै नेकपा एमाले जिल्ला कमिटी सचिब तथा बागमती प्रदेश कमिटी सदस्य कमल नेपालले समेत उम्मेदवारी दिने घाेषणा गरेका छन् । उनी लिसङ्खु पाखर गाउपालिका अध्यक्ष हुन् ।

नेकपा एमाले जिल्ला सह-संयोजक अधिबेशन आयोजक कमिटी सि.पा तथा बागमती प्रदेश कमिटी सदस्य बालकृष्ण देउजा, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष तथा बागमती प्रदेश कमिटी सदस्य, संविधान सभा सदस्य डोल्मा तामाङ, बागमती प्रदेश कमिटी सदस्य, पुर्ब फुल्पिङकोट गाउँ बिकास समिति अध्यक्ष डम्बर थापा र नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा युवा संघ नेपाल केन्द्रिय कमिटी उपाध्यक्ष अशोक चौलागाईं समेतले उम्मेदवारी दिने घाेषणा गरेका छन् ।