बाह्रबिसे घटनामा मृत्यु भएका युवकको ५१ दिनपछि दाहासंस्कार, रिपोर्ट आउन अझै ढिलाई

दिनेश दुलाल
असोज १२, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे घटनामा मृत्यु भएका एक युवकको ५१ दिनपछि दाहासंस्कार गरिने भएको छ ।
बाह्रबिसे नगरपालिका–७ घुम्थाङका ३२ वर्षीय खड्कबहादुर तामाङको ५१ दिन अघि धुलिखेलमा उपचारको क्रममा मृत्यु भएको थियो । ति युवकको पोष्टमार्टम गरिएपनि अहिले सम्म आफन्तले शव बुझेका थिएनन् । तर आज भने आफन्तले शव बुझेर जलाउने तयारीमा रहेका छन् ।

धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएका खड्कबहादुर तामाङको शव

। ईलाका प्रहरी कार्यालय बाह्रबिसेको प्रहरी हिरासतमा चोरीको आरोपमा राखिएका को उपचारको क्रममा धुलिखेलमा २२ गते मृत्यु भएको थियो । प्रहरीकै यातानाको कारण ती युवकको ज्यान गएको भनेर मृतकका आफन्त ओन्दोलित भएपछि सायक प्रमुख जिल्ला अधिकारी बाबुराम खानालको संयोजकत्वमा ७ सदस्यीय छानवि समिति बनेको थियो । युवकको टिचिङ अस्पताल महारजगन्जमा बुधबार पोष्टमार्टम गरीए पनि अस्पतालमै शव व्यवरिसे बनेको थियो ।

पोष्टमार्टम गरिएको महिनौ दिन वितिसक्दा समेत रिर्पोट सार्वजनिक नभएपछि प्रारम्भिक रिपोर्टको आधारमा शव बुझेर दाहासंस्कार गर्न लागिएको मृतक खड्कबहादुरकी दिदि निरमायाँ तामाङले बताईन । ‘शव राखिएको धेरै समय भईसक्यो, अब धेरै खर्चिलो हुनेभएपछि जलाउन लागका हौं, निरमायाँले भनिन् । ´अस्पतालमै शव राख्दा धेरै खर्च भईसक्याे,अब कति समय यसरी राख्नु`, निरमायाँले निराश हुँदै भनिन । रिपोर्टमा मृतकको शरिरमा निल डाम र चोटपटक देखिएको भन्ने आफूले जानकारी पाएको निरमायाँले बताईन । न्याय नपाए त्यहि रिपोर्टकै आधारमा अदालत जाने मृतकका आफन्त ज्ञानबहादुर लामाले स्पष्ट पारे ।

तर ५१ दिन सम्म अस्पतालमै शव वेवरिसे राखिनु लाश माथिको राजनीति भएको घुम्थाङका एक स्थानीयले सिन्धुज्वालालाई बताए । लाश तत्काल जलाउन हुँदैन भनेर मृतकका आफन्तलाई केही युवाहरुले उचालेको समेत ति स्थानीयको आरोप छ । उसोत पोष्टमार्टम गरिसकेपछि शव व्यावारिसे राख्न नहुने बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले मृतकका आफन्तलाई सुझाएका थिए ।

सुरूमै शव आफन्तलाई बुभ्न नदिएर गम्भर गल्ति भएकाे मेयर शेर्पाको कथन छ । ‘आखिर ५१ दिन पछि लाश जलाउन पर्ने रहेछ पहिल्यै किन जलाउन दिईएन ?’ प्रतिप्रश्न गर्दै मेयर शेर्पाले भने । केही व्यक्तिहरूले सुरुमै पोष्टमार्टम गर्न अवरोध गरेको उनले सुनाए । आफुले गलत रिपोर्ट नआहोस र मृतकका परिवारलाई थप अार्थिक संकट नअाहाेस भनेर शवको व्यवस्थापन गर्न सुरूमै अाफन्तलाई सल्लाह दिएकाे स्मरण गर्दै मेयर शेर्पाले आफुले मृतकका परिवारलाई एकलाख सहयोग समेत गर्ने बचन दिएको उनले सुनाए ।

खड्कबहादुरको उपचारका क्रममा मृत्यु भएपछि लगत्तै मेयर शेर्पाकै पहलमा जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग र सञ्चारकर्मी नागरिक समाज लगाएत बसेर छानवि समिति बनाउने सहमति भएको थियो । सायक प्रजिअको संयोजकत्वमा राष्ट्रिय अनुसन्धानको डिएसी, जिल्ला प्रहरी कार्यालयको डिएसी, बारको अध्यक्ष, सम्बन्धित वडाको जनप्रतिनिधि र पीडितबाट एकजना बस्ने सहमति भएको थियो । तर छानविन समितिले ५१ दिन सम्म प्रतिवेदन नै सार्वजनिक गर्न सकेन ।

छानविन समितिका संयोजक रहेका सायक प्रमुख जिल्ला अधिकारी बाबुराम खानलले भने छानविन रिर्पोट तयारी भएपनि पोष्टमार्टमको अन्तिम रिपोर्ट आउन ढिला भएकोले रोकिएको बताए । ‘छानविन समितिले प्रतिवेदन तयार गरिसकेको छ । पोष्टमार्टमको अन्तिम रिर्पोट आउन ढिलाई भएकोले रोकिएको हो’, सहायक प्रजिअ खनालले भने, ‘हाम्रो मात्रै प्रतिवेदन सार्वजनिक गर्दा अलि कमजोर देखिने भयो ।’

पोष्टमार्टम पछि शव राख्न आवश्यक छैन भनेर आफुले पहिल्यै पीडित पक्षलाई सुझाएको समेत उनले बताए ।
प्रारम्भिक रिपोर्ट आएपनि यथार्थ रिपोर्ट कहिले आउँछ भनेर आफुले कुनै ग्यारेन्टी गर्न भने नसकिएको सहायक प्रजिअ खनालले प्रतिक्रिया दिए ।
मृतकका आफन्तले भने टिचिङ अस्पतालमा राखिएको मृतक खड्कबहादुको शवलाई आज साँझ दाहासंस्कार गर्ने तयारी गरेका छन् ।