जुर्मुराउँदै बाह्रबिसेका महिला, भेलाद्वारा ५७ सदस्यीय नगरसमिति गठन

फागुन १५, बाह्रबिसे (सिन्धुपाल्चोक) । जिल्लाको बाह्रबिसे नगरपालिकामा अखिल नेपाल महिला सँघ बाह्रबिसे नगर स्तरिय भेला सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य बागमती प्रदेश सांसद एवम् बागमति प्रदेश पूर्वमन्त्री अरूण नेपालको प्रमुख आतिथ्यतामा भेला आज सम्पन्न भएको हो । उक्त भेलामा ५ सय भन्दा बढी महिलाको उपस्थितिमा भएको महिला संघले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भगिनी संगठन अखिल नेपाल महिला संघ बाह्रबिसे नगर कमिटी निर्माण भएको छ । भेलाले कल्याणी घिसिङको अध्यक्षतामा ५७ सदस्यीय नगर कमिटी गठन गरिएको सो संगठनले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री अरुण नेपालले नेपालका ठूलठूला आमुल परिवर्तनमा महिलाहरुको त्याग, तपस्या र बलिदानका किर्तिमान रहेकोले महिला संगठनको भूमिका अझै अतुलनीय रहेको धारणा राखे । ‘हिजो आमुल परिपर्तनको लागि तपाई महिलाहरुको भूमिका निकै महत्वपूर्ण रहेको थियो आज पनि उतित्तै महत्व रहेको छ’, नेता नेपालले भने ।

त्यस्तै कार्यक्रममा बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले नगर भित्रका महिलाहरुको सीप विकासको साथसाथै सिर्जननात्मक क्षमता विकासमा नगरपालिकाका कार्यक्रमहरुमा समावेश गरिएकाले अब महिलाहरुको वौद्विक विकासमा समेत जोड दिने बताए । ‘तपाईहरु क्षमतावान हुनुहन्छ अब नेतृत्वको विकास पनि तपाईहरुबाटै हुनपर्छ’, मेयर शेर्पाले भने ।
त्यस्तै कार्यक्रममा जिल्लाकी महिला नेतृ तथा बाह्रबिसे नगरपालिकाकी उपमेयर शुशिला पाख्रिनले नगर भेलामा महिलाहरुको उत्साहजनक सहागिता रहेकोमा प्रशन्नता व्यक्त गरिन । पार्टी विभाजन भएको संकटको घडीमा समेत अन्य जनवर्गिय संगठन भन्दा महिला संगठनको उपस्थिति उल्लेख्य रहेको ठोकुवा गरिन । संकटको घडीमा पार्टीलाई जिवन्त दिने महिलाहरु नै रहेको उनको दावी छ । ‘पार्टीलाई बचाउने भनेको उहाँहरु नै हुनहुन्छ, पार्टीले जिम्मेवारी दिंदा कमजोर देख्नु हुन्न’, न्यायिक समितिकि संयोजक समेत रहेकी पाख्रिनले भनिन् । अझै कयौं महिलाहरु बलत्कार, हत्या, घरेलु हिंसा र उत्पीडिनमा परेकाले राज्यले पीडितलाई न्याय दिन ढिलाई गरिएको उनले बताईन । कार्यक्रममा जिल्लाकी महिला नेतृ अमृता नेपालले जघन्य अपराध गरेर बलत्कार पछि हत्या गरिएका निर्मला पन्त, भागीरथी भट्ट लगाएतको अपराधमा संलग्न अपराधिहरु माथि कारबाहीको प्रक्रिया ढिला हुँदा पीडितले न्याय पाउन नसकेको जिकिर गरिन । महिला माथि हुने गरेको अपराधका विरुद्व महिलाहरु एकजुट हुनपर्ने उनले जोड दिईन । बाह्रबिसे कवर्डहलमा गरिएको उक्त कार्यक्रमा महिलाहरुले खचाखच भरिएको थियो ।
पार्टी विभाजनको कुनै प्रवाह नगरी प्रचण्ड–नेपाल समुह रहेको नेकपाको भगिनी संगठन महिला संगठनको कार्यक्रममा सहभागी हुन् कर्थली, घुम्थाङ लगाएत टाढा टाढाबाट समेत महिलाहरु सहभागि हुन हिँडेरै आएका थिए । महिलाहरुलाई कार्यक्रममा ल्याउन उपप्रमुख शुशिला पाख्रिन गाउँ स्तर सम्म आफैं खटिएकी थिईन । उनकै पहलकदमी र सक्रियतामा महिलाहरुको उल्लेख्य सहभागिता गराउन सकिएको आयोजक समितिकी एक सदस्यले सिन्धुज्वालालाई बताईन । कार्यक्रममा जिल्लाका महिला नेतृ भगवती नेपाल लगाएत नेतृहरुले सम्वोधन गरेका थिए ।