चौताराका रोजन श्रेष्ठले जिते दुइ स्वर्ण पदक
ज्वाला संवाददाता
माघ २३, चाैतारा (सिन्धुपालचाेक) । शुक्रबारबाट सुरु भएको जिल्ला स्तरिय कराँते प्रतियोगिता ७७ मा आयोजक टिमका रोजन श्रेष्ठले दुइ वटा स्वर्ण पदक जित्न सफल भएका छन् । श्रेष्ठले ६० किलो तौल समुहमा र खुल्ला तर्फमा गरी दोहोरो स्वर्ण प्राप्त गर्न सफल भएको चौतारा साँगाचोक गढी नगर खेलकुद विकास समिति अन्र्तगतका कराँते विभाग प्रमुख गंगालाल श्रेष्ठले जानकारी दिए । त्यस्तै शुक्रबार नै भएको पुरुषतर्फको खेलमा चौतारा साँगाचोक गढी नगरपालिकाले ४ स्वर्ण पदक जितेको छ । जस अन्र्तगत ४० किलो तौल समुहमा रोशन बिक र ४५ किलो तौल समुहतर्फ अमृत गहतराजले एक—एक स्वर्ण जितेका हुन् भने रोजन श्रेष्ठले दुइ वटा स्वर्ण पदक जितेका छन् । यसैगरि बाह्रविसे नगरपालिकाले ३ वटा स्वर्ण पदक जितेका छन् । जसमा २५ किलो तौल समुहमा दिपक श्रेष्ठ, ३० किलो तौल समुहमा सन्जिव तामाङ र ३५ किलो तौल समुहमा सविन तामाङले एक—एक स्वर्ण पदक जितेका छन् । कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख अमानसिं तामाङको प्रमुख आतिथ्यतामा उदघाटन भएको हो ।
नगर खेलखुद विकास समितिका सह—संयोजक अमृतमान श्रेष्ठको सभाअध्यक्षतामा कार्यक्रम भएको उक्त प्रतियाेगितामा बाँकी रहेको ५० र ५५ किलो तौल समुहको खेल र महिलातर्फको प्रतियोगिता शनिबार हुने अायाेजकले बताएकाे छ । अायाेजका अनुसार शनिबार बिहान ८ बजेबाट बाँकि कराँते प्रतियोगिता सुरु हुनेछ । शनिवार हुने अन्तिम प्रतियाेगिता पूर्वमन्त्रि युवराज दुलालको प्रमुख आतिथ्यतामा समापन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार रु ३० हजार , दितिय पुरस्कार २० हजार र तृतिय पुरस्कार १० हजार नगदसहित प्रमाणपत्र, मेडल तथा शिलको ब्यवस्था गरिएको छ । उक्त प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानियतहका खेलाडीहरुले भाग लिएका छन् । सो प्रतियोगिता १३ नम्बर वडा कार्यालय ठुलोसिरुबारी र ठुलोसिरुबारी डोजोको सहयोग तथा चौतारा साँगाचोक गढी नगर खेलखुद विकास समितिको आयोजनामा भएको हो ।