ज्यानमार्ने उद्योगका ४ जना पक्राउ
पौष २३, चौतारा । त्रिपुरासुन्दरी गाउँपालिकाका मनोज श्रेष्ठलाई खुकुरी प्रहार गर्ने ४ जना पक्राउ परेका छन् । त्रिपुरासुन्दरी ६ कालिका मन्दिर परिसरमा पुस १६ गते श्रेष्ठलाई खुकुरी हान्ने चार जना सोमबार पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिकाका राजेश भण्डारी, जीवन पौडेल, युवराज बस्नेत र देवेन्द्र भण्डारीलाई प्रहरीले सोमबार बिहान ४ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकालाई ईलाका प्रहरी कार्यालय बाह्रबिसे बाटै ज्यान मार्ने उद्योगको कसूरमा अनुसन्धान कार्य जारी रहेको छ । श्रेष्ठलाई बाह्रबिसे ४ का नकुल भण्डारीलगायत एक दर्जनले जनाले खुकुरी प्रहार गरी फरार भएका थिए ।