
सिन्धु नेकपाको अगुवा कार्यकर्ता भेला, एकैदिन आधा दर्जन ठाउँमा कार्यक्रम

पुष १७, चौतारा (सिन्धुपाल्चोक) । प्रचण्ड–माधव समुह अन्र्तगत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले गाउँ गाउँमा अगुवा कार्यकर्ता भेलालाई तिब्रता दिएको छ । पार्टी विभाजन पछि प्रचण्ड–नेपाल समुहको नेकपा केन्द्रयीय कमिटिले संसद विघठनको विरुद्वमा देशव्यापी आन्दोलन घोषणा गरेसंगै सो पार्टीले गाउँ गाउँमा अगुवा कार्यकर्ता भेला डाकेको हो ।
जिल्लामा १२ स्थानीय तहमध्ये आधा स्थानीय तहमा बिहिबार अगुवा कार्यकर्ता भेला सम्मन्न गरिएको सो पार्टीले जनाएको छ । पार्टीले पालिका स्तरीय अगुवा कार्यकर्ता भेला डाकिएको जिल्ला कमिटि सदस्य तथा चौतारा साँगाचोकगढी नगरकमिटि सचिव ईश्वरी श्रेष्ठले सिन्धुज्वालालाई जानकारी दिए ।
उनका अनुसार पार्टीले चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रबिसे नगरपालिका, मेलम्ची नगरपालिका सुनकोशी गाउँपालिका, भोटेकोशी गाउँपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी गाउँपालिका लगाएतमा सम्पन्न गरिएको हो । ति भेलाहरुमा हजारौं कार्यकर्ता भेला भएको सो पार्टीले जनाएको छ । पार्टी केन्द्रले असंवैधानिक कदमका विरुद्व देशैभरी संघर्षका कार्यक्रम रोखेसंगै जिल्लामा समेत सो खालको कार्यक्रम रहेको पार्टीले जनाएको छ । पालिका स्तरीय गरिएको कार्यक्रमलाई पार्टीका केन्द्रीय सदस्य देखि जिल्ला तहका नेताहरु सहभागी रहेका थिए । प्रचण्ड–नेपाल समुहले आयोजना गरेको भेला अधिकांश सदस्यहरु उपस्थिति भएको जिल्लामा ओली समुहको कुनै प्रभाव नरहेको सो पार्टीले जनाएको छ ।

यसैबीच बिहिबार चौतारा साँगाचोकगढी नगर स्तरीय कार्यकर्ता भेलामा सामाजिक लोकतान्त्रिकपार्टीका सिरे तामाङ लगाएत, कांग्रेस र राप्रपाबाट डेड दर्जन कार्यर्ता नेकपामा प्रवेश गरेको नगर कमिटिका सचिव ईश्वरी श्रेष्ठले सिन्धुज्वालालाई बताए । कार्यक्रममा प्रमुख अतिथि पार्टी ईन्चार्ज कृष्णप्रसाद सापकोटा तथा विशेष अतिथि शेरबहादुर तामाङ रहेका थिए । शहिद प्रतिष्ठानको भवनमा कार्यकर्ताले खचाखच भरिएको उक्त कार्यक्रमलाई सम्बोधन गर्न जिल्ला अध्यक्ष झम्क नेपाल, प्रदेश कमिटि सदस्य सुभाष कर्मचार्य लगाएत नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेताहरुले संसद विघठन गर्ने ओलीको असंवैधानिक कदमका विरुद्व सडक संघर्षका माध्यमबाट सशक्त बनाईने उद्घोष गरेका छन् ।