नगरप्रमुख अर्यालद्वारा स्वास्थ कार्यलय भवन शिलान्यास

रबिन राई
तालामारङ । जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ६ तालामारङमा स्वास्थ चौकीको भवन शिलान्यास भएको छ ।
मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्यालले तालामारङ स्वास्थ चौकी भवनको शिलान्यास गरेका हुन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई भवन चौतारा सिन्धुपाल्चोकद्वारा विनियोजित एक करोड ३० लाख बेजेटले उक्त भवन बन्न लागेको नगर प्रमुख अर्यालले सिन्धुज्वालालाई जानकारी दिए ।उनका अनुसार उक्त भवन १५ महिना भित्र सम्पन्न हुन्छ ।
उक्तभवनमा बिभन्न प्रकारका स्वास्थ चौकिलाई आवश्यक ल्यावहरुको समेत व्यवस्था रहेको नगर प्रमुख अर्यालको भनाइ छ ।