नेकपाको स्थायी समितिको वैठकले ग¥यो महत्वपूर्ण निर्णय ओलीलाई भने सबक

पुष १, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठकले महत्वपूर्ण चार निर्णयहरु गरेको छ । पछिल्लो राजनैतिक घटना समेतलाई जोडेर आज बालुवाटारमा बसेको पार्टी स्थायी समितिको बैठकले जारी गरिएको अध्यादेश फिर्ता गराउने लगाएतका महत्वपूर्ण निर्णयहरु गरेको पार्टी अध्यक्ष प्रचण्डका प्रेस सल्लाकार बिष्णु सापकोटाले जानकारी दिए । उनका अनुसार बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने साथै राष्ट्रपति समक्ष संसदको अधिवेशनको माग गर्दै पेश गरिएको आवेदन पनि फिर्ता गर्ने सर्वसम्मत निर्णय भएको छ । त्यस्तै संवैधानिक नियुक्तहरु सहमतिमा मात्र टुङ्ग्याउने र पार्टी स्थायी समितिको बैठक यही पुष ५ गते र पार्टी केन्द्रीय समितिको बैठक पुष १० गते बस्ने निर्णय भएको छ ।
त्यसैगरी बैठकमा पेश भएका प्रस्तावहरु पार्टीको स्थायी समिति र केन्द्रीय समितिका बैठकहरुमा छलफल गर्ने समेत निर्णय भएको उनले जानकारी दिए । बाहिर बजारमा राजनीतिक प्रस्ताव फिर्ताको हल्ला भने निराधार र कपोलकल्पित भएको प्रेस सल्लाकार सापकोटाले बताए ।
प्रम ओली समेत सहभागी स्थायी कमिटीको बैठकले गरेको निर्णयले उनको आफ्नै कदमलाई निकै अप्ठ्यारो पारेको स्रोतको दावी छ ।
यसैबीच पार्टी अध्यक्ष प्रचण्डले आजको बैठकले राजनैतिक राजनैतिक प्रस्ताव फिर्ता हुने कुनै निर्णय नभएको बताएका छन् । राजनैतिक प्रस्ताव सम्बन्धमा पार्टीका तलैसम्म बहसमा लैजाने समेत प्रचण्डले बताएका छन् ।