मध्येभोटेकोशी आयोजना प्रमुख(सिइओ) काफ्लेको टेप प्रकरण सार्वजनिक, चाईनिज ठेकेदार संग दुईकरोडको प्रस्ताव

दिनेश दुलाल
मंसिर ९, बाह्रबिसे (सिन्धुपाल्चोक । ७ बर्ष अगाडि सुरु भएको निर्माणधिन मध्यभोटेकोशी आयोजना (१०२) निर्माण सम्पन्नको आधाआधी नपुग्दै लथालिंग हुनमा आयोजना प्रमुख (सिईओ) मणिकुमार काफ्ले जिम्मेवार देखिएका छन् । सिईयो आफँैले आयोजना लम्ब्याउन तथा आर्थिक अनियमिता गरेको टेप प्रकरण सार्वजनिक भएसंगै यो तथ्य फेला पारेको हो । आज दिउसो मध्यभोटेकोशी जलविद्युत आयोजना कार्यान्वयन सरोकार समितिले आयोजनाको कार्यालय जम्बुमा स्थानीय सरोकारवाला सहित बोलाईएको छललमा आयोजना प्रमुख (सिईओ) काफ्ले र अनुवादक गोविन्द पौडेल बीच ३३ मिनेट लामो फोन वार्तालाभ भएको टेप सार्वजनिक भएसंगै आयोजना ढिलाई हुनुको प्रमुख दोषी स्थानीयले काफ्ले रहेको बताएका छन् । सरोकार समितिको बैठकमा काफ्ले र पौडेल बीचको फोन वार्तालाभ गरिएको अडियो टेप सार्वजनिक गरिएको थियो । सिईओ काफ्लेकै सल्लाहामा सरोकार समितिको छलफलमा आमान्त्रित भनेर बोलाईए पनि उनी भने सहभागी भएनन् ।

फोन रेकर्डमा अनुवादक पौडेलले सिईओ काफ्लेलाई भनेका छन्–‘हाकिम साहेव, म मिस्टर लिसंग बसेको थिएँ, मिस्टर लि ले मलाई जे भनेका थिए तर त्यतिबेला भन्नलाई वातावरण भएन । हजुरलाई गर्नुपर्ने कुरा सबै म पु¥याउँछु ।’ रेकर्डको ३० मिनेट ६ सेकेण्डमा अनुवादक गोविन्दले सिईओ काफ्लेलाई भनेका छन्–‘हाकिम साहेब, मिस्टर लि ले तपाईलाई गाह्रो परेको खण्डमा दुईकरोड अझै दिन सक्ने बताएका छन् ।’ ‘तपाईको छोरा मै हुँ त्यसको नाताले त्यति सम्मको व्यवहार उस्ले मिलाउन सक्छ’ उनले पुनः भनेका छन् । सिईओ काफ्लेका लागि कन्ट्याक्टर लिले त्यतिसम्म खर्च गर्ने गोविन्दले बताएसंगै सिईओ काफ्ले भने कुनै उत्तर दिएका छैनन् । अनुवादक गाविन्दले आयोजना प्रमुख सुनिल लामालाई ‘हेलमेट’ उपनाम दिंदै भनेका सिईओ संग भनेका छन् – ‘हाकिम साहेब ‘हेलमेट’ यति धेरै पागल भएर हिँडेको छ त्यसलाई त मैले नै तह लगाउने हो ।’ मोबाईल फोनकोे टेप रेकर्डमा आयोजना प्रमुख (सिईओ) काफ्लेसंग आयोजना लमब्याउने सम्मको योजना बनाएका छन् ।

अनुवादक गोविन्दले सिईओ काफ्ले संग मेयर शेर्पा, नेकपाका नेता सरल सहयात्री पौडेल, स्थानीय दावा र आयोजना प्रमुख सुनिल कुमार लामालाई फट्टाको संज्ञा दिएका छन् । मेयरलाई आफुले तह लगाउने समेत गाविन्दले भनेका छन् ।
आयोजना प्रमुख (सिईओ) काफ्लेको टेप प्रकरण सार्वजनिक भएसंगै स्थानीय प्रभावितहरु आक्रोसित बनेका छन् । ‘सिईओ त यतिधेरै आर्थिक अनियमितामा फसेका रहेछन् कसरी हाम्रा माग सुनुवाई हुनु’, प्रभावित स्थानीय दाव डोन्डु तामाङले भने । प्रभावित स्थानीयको जग्गाको मुअब्जा नदिनुमा सिईओ काफ्ले कै दोष रहेको उनले आरोप लगाए ।

२०७० माघमा सुरु भएको उक्त प्रोजेक्ट ४३ महिनामा पुरा हुनुपर्नेमा ७ बर्ष पुरा हुँदा समेत आधाआधी मात्र सम्पन्न भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यभोटेकोशी जलविद्युत आयोजना समयमै निर्माण सम्पन्न नहुँदा जनताको लगानी डुब्ने भएको छ ।आयोजना डुब्नुमा आयोजनाका सिईओ मणीकुमार काफ्ले, परामर्शदाता तथा अनुवादक गाविन्द पौडेल जिम्मेवार रहेको बाह्रबिसे नगरपालिका मेयर निमफुञ्जो शेर्पाको भनाई छ ।

उनका अनुसार आयोजना छिटो निर्माण गर्न बाह्रबिसे नगरपालिकाबाट पटक–पटक सिईओ, परार्शदाता तथा ठेकेदार कम्पनीलाई आग्रह भएको थियो । स्थानीय सरकारले यसबारेमा सम्बन्धित पक्षको ध्यानकर्षण गर्दा समेत सुनाई नभएको मेयर शेर्पाको भनाई छ । ‘यस्तो अवस्थामा आउनुहोस सिईओ सा’प एकपटक बसेर यहाँकोे अवस्थाको बारेमा अवलोक सहित छलफल गरौं, यहाँको समस्याको समाधान गरौं मैले भनेको थिएँ’, उनले सुनाए । यहाँको प्रोजेक्टलाई अगाडि बढौं यसको काम कार्यान्वयन गर्न एकपटक बसौं भनेर अन्दा पनि सिईओ काफ्ले आउन नचाहोको उनले बताए । ‘पैसा खुवाएर ठिक पार्ने, सपोट गर्ने भनेपछि कति सम्मको आँट हो ?, अपराधी मानसिकता होईन यो ?’आयोजना प्रमुख सुनिल कुमार लामाले भने । अनुवादक जस्तोले सिईओसंग म तपाईको छोरा हो, तपाईको लागि कन्ट्याक्टरसंग दुईकरोडको कुरा भईसकेको छ भनेर फोनमा कुरा हुनु नै सबैभन्दा ठूलो प्रमाण भएको उनले बताए । ‘यो त सामन्य रेकर्ड मात्र भएको छ तर रेकर्ड भन्दा बाहिर झन कति गोप्य सम्झौता भयो होला ?’ कार्यदलका संयोजक समेत रहेका नगरपालिकाका मेयर शेर्पाले भने । आयोजना स्थलमा यतिधेरै भवन खाली हुँदा पनि काठमाडौंमा त्यतिधेरै भाडा तिरेर बस्नु नै सिईओ काफलेको गम्भिर षड्यन्त्र भएको मेयर शेर्पाको दावी छ । जनताले लगानी गरेको आयोजनालाई ध्वस्त बनाएर काठमाडौंमा गुठबन्दी गर्दै आर्थिक अनियमिताको चलखेल भएको प्रमाण भेटिनु लज्जास्पद भएको उनको ठहर छ । सिईओ जस्तो मान्छेले काठमाडौंलाई अनियमिता गरेर खाने थलोको रुपमा बिकास गरेको उनको आरोप छ । मध्यभोटेकोशीकोे समस्याको सन्दर्भमा पूर्व सिईओ कुलमान घिसिङ लगाएत केन्द्रीय नेता, मन्त्री तथा सांसदहरुहलाई जानकारी गराउँदा सेमेत कुनै सुनुवाई नभएको मेयर शेर्पाको भनाई छ । स्थानीय सरकारको तर्फबाट पहल गर्दा समेत सुनुवाई नभएपछि नगरपालिकाले सिईओ, परामर्शदाता, ठेकेदार कम्पनी तथा अनुवादक गोविन्द पौडेल विरुद्व अख्तियार दुरुपयोगमा मुद्दा दर्ता गरिने मध्यभोटेकोशी जलविद्युत आयोजना कार्यान्वयन सरोकार समिति संयोजक समेत रहेका नगर प्रमुख शेर्पाले चेतावनी दिए ।
उनका अनुसार आयोजनाका प्रमुख (सिईओ) काफ्ले आयोजना स्थलमै आउँदैनन् । आयोजनास्थलमा ७ वटा आवासगृह रहेपनि उनी संधै काठमाडौंमा रहन्छन् । त्यस्तै आयोजनाको अनुवादक रहेका गोविन्द पौडेलले आयोजनामा कमसल सामग्री प्रयोग गर्ने, ठेकेदार कम्पनीसंग मिलेर कमिशन मिलाउने लगाएतका गैरक्रियाकलाप गर्दै आएका छन् । ‘अनेक बाहाना बनाएर दुईवर्ष थपियो, त्यसपछि १८ महिना र अहिले पुनः समय थप्ने भनिएको छ ।’आयोजना प्रमुख लामाले भने । व्याज बाहेक दैनिक ७० लाख रुपैंया विजुलीको मात्रै घाटा भएको उनले बताए ।
उनका अनुसार आयोजनामा स्थानीय जनताको प्रमोटर शेयर अन्र्तगत लगानी मात्रै २४ करोड रहेको छ । स्थानीय जनता र सर्वसाधारणले पनि यसमा साधारण शेयर अन्र्तगत लगानी गर्ने छन् । शयर १२ अर्ब २८ करोड लगानीबाट सुरु भएको आयोजना लम्बिदा परिमार्जित १५ अर्ब ३ करोड लगानी पुगेको छ । टेप प्रकरण सम्बन्धमा आयोजना प्रमुख (सिईओ) मणीकुमार काफ्लेसंग बुझ्दा उनले आरोपमा कुनै सत्यता नभको जवाफ दिए ।
यसैबीच मध्यभोटेकोशी जलविद्युत आयोजना कार्यान्वयन सरोकार समितिको बैठकले ७ वटा निर्णयहरु गरेको छ ।
निर्णय अनुसार आयोजनाको क्याम्पमा रहेको भवनहरु खाली रहेकोले नगरपालिका भित्र रहेका वृद्वहरुको लागि वृद्व आश्रम बनाउने, आयोजनाको चाईनिज ठेकेदार ,परामर्श दाता र कम्पनीको कार्यकारी बीच टिलिफोन वार्तालाभ हँुदा आर्थिक चलखेल भएको हुनाले सो विषयमा गम्भिर भएर स्थानीय सरकार र स्थानीय लगानी कर्ताहरु सहित संलग्न भई छानविन गर्नुपर्ने विषयमा निर्णय भएको सरोकार समितिको संयोजक निमफुञ्जो शेर्पाले जानकारी दिए ।
यस्तो छ सरोकार समितिको निर्णय