मन्त्रीमण्डल हेरफेर,अर्थमन्त्रीमा विष्णु पौडेल
असोज २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । १२ औं पटक मन्त्रिपरिषद् गठन गरेका ओलीले अर्थमन्त्रालयको जिम्मेवारी पौडेललाई दिएका छन् । प्रधानमन्त्री ओलीले उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको मन्त्रालय भने प्रधानमन्त्री कार्यालयमा राखेका छन् । प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारीे आफैल लिएका छन् ।
यस्तै सहरी विकास मन्त्रालयको जिम्मेवारी काठमाडौंका कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका मन्त्रालयको जिम्मेवारी सिराहका लिलानाथ श्रेष्ठलाई दिएको छ । यस्तै ओलीले महिला बालबालिका मन्त्री पार्वत गुरुङको जिम्मेवारी हेरफेर गरेर गुरुङलाई सुचना तथा संचार मन्त्रालयको जिम्मेवारी प्र्रदान गरेका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा यस्तो छ ः