अनेरास्ववियु सिन्धुपाल्चोकको एकता प्रक्रिया टुंगियो ,संयोजक मिलन लामा ,सह संयोजक चौलागाईं

असोज २०, चौतारा सिन्धुपाल्चोक
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन ( अनेरास्ववियु ) सिन्धुपाल्चोकको एकता प्रक्रिया टुंगिएको छ ।
मंगलबार अनेरास्ववियु सिन्धुपाल्चोकले ६१ जिल्ला सदस्यको नाम टुंगो लगाएको हो ।
अनेरास्ववियु जिल्ला समिति संयोजकको रुपमा मिलन लामा र सह–संयोजकमा हिरा चौलागाईं रहेका छन् ।
लामो समयको निरन्तर गृहकार्य पछि विद्यार्थीले जिल्ला समिति टुंगो लगाएको हो।
अनेरास्ववियु सिन्धुपाल्चोकको कार्यलय सदस्य , सचिवालय सदस्य ,प्रतिनिधि सभा र प्रदेश सभाका इन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजक समेत सहमतिमा बनाईएको अनेरास्ववियुका कार्यलय सदस्य एवम् विद्यार्थी नेता रवी भण्डारीले सिन्धुज्वालालाई जानकारी दिए ।
यस्तो छ नामलिष्ट