१८ गतेबाट तातोपानी नाका पुनःसुचारु, स्वास्थ्य मापदण्ड अपनाएर चिनिया सामग्री भित्र्याईदै

दिनेश दुलाल
तातोपानी (सिन्धुपाल्चोक) । कोभिड–१९ को प्रभावका कारण बन्द रहेको तातोपानी नाकार असोज १८ गतेबाट पुनः सुचारु गरिने भएको छ ।
मंगलबार दुई छिमेकी जिल्लाका अधिकारीबीच भएको छलफल पछि व्यापारी नाकालाई सुचारु गर्न लागिएको छ । नेपालीहरुको महान चाड दशैं तिहार आउन एकमहिना बाँकी रहँदा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको पहलमा नाका सुरु हुने भएको हो । दुई देशका अधिकारी बीच मितेरी पुलमा छलफल भएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले सिन्धुज्वालालाई बताए ।

उनका अनुसार छलफलमा नेलम काउन्ट्री स्थित लासाको फोरेन अफिसका डेपुटी डाईरेक्टर लिउ लिन र सिंगात्सेका डेबुटी मेयर सहभागी भएका थिए । ‘मुख्य कुरा कोभिड–१९ लाई मध्यनजर गरेर कसरी सामान सुरक्षित ल्याउने भन्ने सन्दर्भमा केन्द्रीत भयो’, प्रजिअ ढकालले भने । चिनिया पक्षको सबैभन्दा जोड कोभिड–१९ मा केन्द्रित रहेको उनले बताए । प्रजिअ ढकालका अनुसार चिनिया पक्षले मितरी पुलपारी रमितेमा रहेको याडमा अक्टोबर ४ तारिक अर्थात असोज १८ मा सामग्री ल्याईपु¥याउने छ । त्यसपछि ५ तारिकमा लोड गरेर नेपाल भित्रिएपछि लार्चास्थित सुख्खा बन्दरगाहामा भन्सारका लागि लगिने छ । पारि जान सर्वसाधारणलाई रोक लगाइएपनि लोडर मजदुर तथा चालकलाई पठाईने उनले जनाकारी दिए । अक्टोबर ५ तारेकबाट सामान पठाउन चिनिया पक्ष सहमत भएको उनले सुनाए । । ‘उनीहरुको ४ तारेकमै सामन आईसक्छ, ५ तारिकबाट नेपाल प्रवेश हुन्छ’, उनले भने । मजदुर, लोडरहरु तथा ड्राईभरहरुलाई सुरक्षित ठाउँ क्वारेन्टाईनमा राख्ने, उनीहरुको पिसिआर गराउने लगाएत बन्दोबस्तीको व्यवस्था भन्सार कार्यालयले मिलाउन लागिएको उनले बताए । नेपाल तर्फ ठाउँ ठाउँमा सडक बिग्रिएकाले सडक विभागलाई मर्मतको लागि भनिएको उनले सुनाए । उनका अनुसार छलफलमा हिमतालको को पनि कुरा उठेको थियो । हिमताल फुट्ने कुराले सबै जनता आतंकित भएका छन् त्यसको लागि नेलम सरकारले पूर्व सावधानीको लागि द्रुत सूचना प्रवाहा गर्न यन्त्र जडान गर्न समेत आफुहरुले भनिएकोमा उनीहरु सहमत भएको उनले सुनाए ।
१९ गते देखि भन्सार लाग्ने भएपछि त्यसको तयारीको लागि जुटेको तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले सिन्धुज्वालालाई बताए । त्यस्तै ठाउँ ठाउँमा बिग्रिएको सडक मर्मतको लागि केही दिनमै काम थालिने सडकडिभिजन कार्यालय चरिकोटमा डिभिजन प्रमुख विजय महतोको भनाई छ ।
स्मरण रहोस तातोपानी नाका २०७२ सालको भूकम्प पछि निकै प्रभावित छ । त्यसपछिको लगातार बाढीपहिरोको कारण बाटो अबरुद्व हुँदा खासामा नेपाली व्यापारीहरुका सयौं गाडी अलपत्र छन् ।