
लिसंखुपाखर र नेपाल बैंकबीच सम्झौता, उधमशील नागरिकलाई १ प्रतिशतमा सहुलियत ऋण

भदौ ३१, लिसंखु (सिन्धुपाल्चोक) । लिंसखुपाखर गाउँपालिका र नेपाल बैंक केन्द्रीय कार्यालयबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बेरोजगार, बिपन्न तथा उधमशिल बन्न चाहाने पालिका भित्रका नागरिकहरुलाई १ प्रतिशत व्याजमा ऋण दिने सम्बन्धमा हिजो सम्झौता भएको हो ।
उधमशिल बन्न चाहाने नागरिकलाई १ प्रतिशत ब्याजदरमा सहुलियत ऋण पूर्ण उधम ब्याबसाय कर्जा प्रदान गरि उधमिको आर्थिक शसक्तिकरण बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष कमल नेपालले बताए । सो मार्फत गाउँपालिकालाई कृषि, पशुपँक्षिपालन, तथा लघु, घरेलु उद्योगजन्य उत्पादन लगायतमा निर्यातयोग्य गाउँपालिका निर्माण गर्ने लक्ष्य रहेको उनले सुनाए । उक्त कार्यक्रम मार्फत समग्र गाउँपालिकाको आर्थिक र सामजिक विकासमा टेवा पु¥याउन लिसँखुपाखर गाउँपालिका र नेपाल बैक केन्द्रीय कार्यालय बिच ऐतिहासिक सम्झौता भएको उनको ठहर छ । सम्भव त जिल्लाका १२ स्थानीय तहमध्ये नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल बैंक मार्फत १ प्रतिशतमा व्यजमा उद्यमीबन्ने लिंसखुपाखर हुने भएको छ । गाउँपालिका र बैंकबीच सम्झौता भएसंगै कार्यान्यनको प्रक्रिया छिट्टै थालिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताए ।