
पहिराेमा पुरिएका ३३ को शव फेला, ६ अझै वेपत्ता

भदाै ७, चाैतारा (सिन्धुपाल्चोक )। जिल्लाकाे लिदी पहिराेमा परिएका मध्ये थप ८ जनाकाे शव फेला परेकाे छ । १० दिन अघि जुगल गाउँपालिका–२ लिदीको लामागाउँ पहिरोमा बेपत्ता भएकामध्ये आज सम्म ३३ जनाकाे शव फेला परेकाे हाे । अाजै थप एकको शव फेला परेको थियाे ।
आज एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार आज ७२ वर्षिया एकल महिला वाङ्ची ल्हामो दोङको शव फेला परेको हाे । पहिरोमा ६ जना अझै बेपत्ता छन् ।
हालसम्म शव फेला परेकामध्ये १६ पुरूष र १७महिला छन् । तीमध्ये १५ बालबालिका मात्रै छन् । बेपत्ताको सशस्त्रका निरीक्षक शितल श्रेष्ठ, नेपाल प्रहरीका निरीक्षक हरि भट्टराई तथा सेनाका क्याप्टेन शैलेन्द्र बिष्टको नेतृत्व खोजी भइरहेको छ ।