बाह्रबिसे नगरपालिकाद्वारा लिदीमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोगको घोषणा

भदौ १, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिकाले जुगल गाउँपालिको लिदीमा भएको पहिरो घटनामा परि ज्यान गुमाएका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने भएको छ । नगरपालिकाले आज प्रेस वक्तव्य नै जारी गरेर पहिरो पीडितलाई राहत प्रदान गरिने घोषणा गरेको हो । नगर प्रमुख निमफुञ्जो शेर्पाद्वारा जारि गरिएको प्रेस वक्तव्यमा भनिएको छ –’सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते बिहान आएको पहिरोमा परी १८ जनाको मृत्यु,२१ वेपत्ता र सयौ स्थानीय पहिरोपछि विस्थापित भएका छन् । पहिरोमा परेर दुःखद मृत्युवरण गर्ने सम्पुर्णमा हामी भावपुर्ण श्रदाञ्जली अर्पण गर्दछौ ।वेपत्ताहरु छिटो खोजबिन र वेपत्ताहरुको शिघ्र खोजबिनका लागि पनि हामी सबैमा अनुरोध गर्दछौ ।
सिन्धुपाल्चोक अहिले बाढीपहिरोको चपेटामा छ,बाढीपहिरो बाट सिन्धुपाल्चोकका सबै स्थानीय सरकार यतिबेला प्रभावित भएका छन् । बाह्रविसे नगरपालिकामा पनि असार २४ गते आएको बाढीपहिरोले बाह्रविसे नगरपालिका–५ जम्बुमा एउटा बस्ती नै पुर्दा १६ अझै वेपत्ता छन् भने दुइ जनाको दुःखद निधन भएको थियो ।
हाम्रो नगरपालिका पनि बाढीपहिरो लगायत प्राकृतिक विपत्तीबाट बाट यतिबेला समस्यामा छ । हामी जस्तै समस्यामा यतीबेला जुगल गाउँपालिकामा पनि छ । यो दुःख र पीडाको घडीमा हामी सबै एकै हुनुपर्छ,हिजो हामीलाई दुःख पर्याे , आज जुगललाई दुखेको छ र भोली अरुलाई पनि यो समस्या पर्न सक्छ । यस्तो दुःखको घडीमा हामी सबै स्थानीय सरकार एकै ठाउँमा उभिएर यस्ता प्राकृतिक विपत्ती लगायत अन्य समस्याहरुलाई मिलेर समाधान गर्दे स्थानीयको दुखेको घाउमा मल्हम लगाउन पर्छ भन्ने हाम्रो मान्यता छ ।
जुगलको यो प्राकृतिक विपत्तीमा हामी पनि संगै छौ,हामी जुगलका पहिरो पीडितहरुलाई बाह्रविसे नगरपालिकाको तर्फबाट २,५०,०००।–(दुई लाख पचाँस हजार) सहयोग गर्ने घोषणा गर्दछौ । यति ठुलो विपत्तीमा यो रकम थोरै हो,तर पनि जुगलको यो पीडामा हामी पनि सँगै छौ भन्ने अनुभूतिका लागि हामीले केही सहयोग गर्ने निर्णय गरेका हौ ।
भुकम्पपछि कमजोर भू बनोट भएको सिन्धुपाल्चोक जिल्लाका पहाडी बस्तीहरुमा वर्षेनी यस्ता विपत्तीबाट धेरै जनधनको क्षती भइरहेको छ । स्थानीय सरकारले मात्रै यस्ता समस्या समाधान गर्न सक्दैन,त्यसैले प्रदेश र केन्द्र सरकारलाई पनि हामी यस्ता कमजोर भू बनोट भएको क्षेत्रको पहिचान गरी स्थानीयलाई सुरक्षीत स्थानमा राख्ने व्यवस्थाका लागि हामी जोडदार माग गर्दछौ ।
हामी जुगलको लिदी पहिरोमा परी ज्यान गुमाउने हरु प्रति हार्दिक श्रदाञ्जली प्रकर्ट गर्दछौ,शोकाकुल परिवारजनमा समवेदान प्रकट गर्दछौ । पहिरोमा परी घाइते भएका सबैमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । पहिरोबाट विस्थापितहरुलाई छिटोभन्दा छिटो सुरक्षीत स्थानमा राख्नका लागि पनि हामी सम्बन्धीत सबैमा अनुरोध गर्दछौ ।‘
नगर प्रमुख शेर्पाले उक्त रकम केही दिनमै जुगल गाउँपालिकालाई हस्तान्तरण गरिने बताए ।
यस्तो छ प्रेस वक्तव्य