सहकारीद्वारा किसानलाई कृषि सामग्री वितरण

साउन २३, चाैतारा (सिन्धुपाल्चाेक) । चाैतारा साँगाचाेकगढी नगरपालिका वडा नं.१३ स्थित ठुलाेसिरुवारीकाे एक सहकारीले किसानलाई कृषि अाैजार वितरण गरेकाे छ । ठूलाेसिरूवारीकाे नयाँ कृषि अभियान कृषि सहकारीले बुधबार पाँचदर्जन भन्दा बढी किसानलाई कृषि सामग्री वितरण गरिएकाे उक्त सहकारीकी काेषाध्यक्ष दयालक्ष्मी श्रेष्ठले सिन्धज्वालालाई बताईन । उनका अनुसार ठुलोसिरुवारीका अाम साना किसानहरुलाई अाधुनिक कृषि प्रणाली तर्फ उत्प्रेरित गर्दै कृषि पेसालाई निर्वाहमुखी बाट व्यवसायीकरण गर्न नयाँ कृषि अभियान कृषि सहकारी संस्था ठुलोसिरुवारीले अा.व. २०७६/०७७ मा प्रधानमन्त्री कृषि अाधुनिकीकरण परियोजना इकाई सिन्धुपाल्चोक, कृषि ज्ञान केन्द्र धुलिखेल, चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे कार्यालय चाैतारा, १३ नं. वडा कार्यालय ठुलोसिरुवारी, अन्य विभिन्न दातृ निकायहरूसँगकाे सहकार्यमा ५० र ७५ % अनुदानमा उक्त सामग्री वितरण गरिएकाे हाे । कृषि यन्त्र तथा उपकरण वितरण १३ नं. वडाका वडा अध्यक्ष रामप्रसाद गाैतमकाे प्रमुख अातिथ्यतामा भएकाे हाे ।

किसानलाई वितरण गरिएका अाैजारहरूमा ३८ वटा मिनिटिलर ( ट्राक्टर), ९० वटा बेटरी स्प्रेयर, कम्बाइन्ड डिस्क मिल ९ वटा, डिक्स मिल ४ वटा, काेदाे र धान थ्रेसर २ वटा, कन्सेलर १० वटा, च्याफकटर ६ वटा, मादले ( हिले) चक्का १२ थान, डिजिटल काटा ३ थान र मकै डिहस्कर १ थान वितरण गरिएकाे हाे ।
त्यसैगरी सहकारीले मकैकाे बीउ उत्पादन पकेट क्षेत्र बाेजिनी, झ्याडिखर्क र डाैठे लगाएत ठाउँमा गाेठ सुधार कार्यक्रम ७ वटा, गड्याैला मल घर निर्माण १, ४) सिमेन्ट पाेखरी निर्माण ३, ५) पक्की टनेल निर्माण १, प्लाष्टिक टनेल २, प्लास्टिक पाेखरी निर्माण ४, अमेरिकन फाैजि किरा नियन्त्रण विषादी एकहजार पाकेट, ९) युमबी ब्लक मेचिन १, वेकरी प्रबर्द्धन तथा प्याकेजिङ, फापर तथा जाै उत्पादन प्रदर्शनी, घुसुवा बाली मखमलि र सयपत्री फुलकाे बीउ वितरण तथा कृषि मेला प्रदर्शनी लगाएतका कार्यक्रम सम्पन्न गरिएकाे काेषाध्यक्ष श्रेष्ठले जानकारी दिईन ।

अान्तरिक उत्पादन र अाय श्राेतकाे हिसाबले १० वटा सामुदायिक वन र कृषि याेग्य जमिन रहेकाे ठूलोसिरूवारीमा अधिकांश नागरिक कृषि पेसामा संलग्न रहे पनि उत्पादनकाे हिसाबले निर्वाहमुखी मात्रै भएपछि सहकारीकाे पहल र सक्रियतामा किसानमुखी कार्यकम चलाईएकाे सहकारीका अध्यक्ष गणेश ढुंगेलले बताए । रहेको छ। ठूलाेसिरूवारीका अाम किसानलाई निर्वाह मुखी बाट माथि उठ्न अझै सहकारीले अावश्यक याेजना बनाएकाे उनले बताए ।