
बाह्रबिसे नगरपालिकाद्वारा प्रति मृतक एकलाख दिने घोषणा

असार २६, बाह्रबिसे (सिन्धुपाल्चोक) । बाह्रबिसे नगरपालिकाले पहिरोमा परेर ज्यान गुमाएका मृतकका परिवारलाई राहत दिने घोषणा गरेको छ ।
बाह्रबिसे नगरपालिकाले हिजो प्रेसविज्ञप्ति नै निकालेर जम्बु लगाएत स्थानमा पहिरोमा पुरिएर ज्यान गुमाएका मृतकका परिवारलाई किरिया खर्चका लागि प्रति मृतक एकलाखका दरले सहयोग गर्ने घोषणा गरेको छ । त्यस्तै गम्भिर घाईते घाईतेहरुको उपचारका लागि एकलाख रुपौंया दिने र सामन्य घाईतेहरुको नगरपालिकाको तर्फबाट उपचार गराउने जनाएको छ ।
नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाद्वारा हिजो जारी गरिएको प्रेसवक्तव्यमा भनिएको छ– ’बाढी पछि जम्बु, खागदल लगाएतका सयौं घरपरिवार विस्थापित भएका छन् विस्थापितहरुलाई सुरक्षित राख्नका लागि नगरपालिकाले व्यवस्थापनका लागि कार्य सुरु गरिसकेको छ । नगरपालिकाको तर्फबाट मृतकको किरिया खर्चको लागि तत्कालै प्रति मृतक एकलाख सहयोग गर्ने घोषणा गर्दछु । गम्भिर घाईतेहरुलाई उपचारका लागि एकलाख रुपैंया दिने र सामन्य घाईतेहरुको नगरपालिकाको तर्फबाट उपचार गराउने जानकारी गर्दछु । विस्थापितहरुलाई आपतकालिन रुपमा पुर्नस्थापनाको लागि नगरपालिकाको तर्फबाट सबै सहयोग गर्ने घोषणा गर्दछु । घटनामा मृत्यु भएका परिवार, वेपत्ता भएका परिवार र विस्थापितहरुलाई तत्कालै कार्यापालिकाको वैठक बसेर थप निर्णय गरिने सबैमा जानकारी गराउँदछु ।‘
बुधबार राती अबिरल बर्षासंगै आएको बाढीले नगरपालिका वडा नम्बर ५ जम्बुमा आएको बाढीपहिरोमा १७ जना नागरिक वेपत्ता बनाएको, २१ घरटहरा पूर्णरुपमा क्षति बनाएको नगरप्रमुख शेर्पाले जानकारी दिए । उक्त मानवीय विपद्प्रति दुःख व्यक्त गर्दै मेयर शेर्पाले घटनामा वेपत्ता भएकाहरुको खोजिकार्य जारी रहेको बताए छन् ।
यस्तो छ प्रेस वक्तव्य