
२८ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ, सबै घर फर्किए

जेठ २७, सिन्धुपाल्चोक
सिन्धुपाल्चोकका २८ जनाकै पिसिआर रिापोर्टमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला समन्वय समितिको भवनमा बनाईको क्वारेन्टिनमा राखिएका उनीहरुको हिजो आएको पिसिआर रिपोर्टमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले सिन्धुज्वालालाई बताए । उनका अनुसार जिससको क्वारेन्टिनमा बसेका चौतारा साँगाचोकगढी नगरपालिकाका २१ जना, बाह्रबिसे नगरपालिकाका ३ गरी २४ जना रहेका थिए । उनीहरु सबै भारतबाट आएका थिए । त्यस्तै मेलचौर क्वारेन्टाइनमा रहेका अन्य जिल्लाबाट आएका ४ जना गरि जम्मा २८ जना रहेका थिए । उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई आज कोभिड–१९ सम्बन्धि आवश्यक जानकारी दिइ थप दुई हप्ता सम्म घरमै क्वारेन्टिनमा बस्न अनुरोध गर्दै बिदाइ गरिएको चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमासिं तामाङले जानकारी दिए । ‘उहाँहरु सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि दुईहप्ता सम्म घरमै क्वारेन्टिनमा बस्न भनेर विदा ग¥यौं’, मेयर तामाङले भने । पिसिआर रिपोर्ट आउन ढिलो भएकोले उनीहरुलाई १८ दिन सम्म क्वारेन्टिनमा बस्नुपरेको उनले बताए ।