घेदुङले २८५६ औं सोनाम ल्होछार चौतारामा मनाउने

चौतारा (सिन्धुपाल्चोक) । नेपाल तामाङ घेदुङ नगर समितिको दोस्रो पूर्ण बैठक आज चौतारामा सम्पन्न भएको छ ।
घेदुङले हाल सम्म गरेका कार्यक्रमकको समिक्षा गर्दै २८५६ औं सोनाम ल्होछार मार्घ १० गते चौतारा टुडिखेलमा भव्य रुपमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ । ल्होछार कार्यक्रम विधिवत रुपमा सम्पन्न गर्न विभिन्न उप समितिहरु व्यवस्थापन, आर्थिक, प्रचार प्रसार, सांस्कृतिक लगाएन अन्य समितिहरु समेत गठन गरेको छ । वैठक घेदुङको अध्यक्ष प्रविण तामाङको अध्यक्षतामा नगर प्रमुख अमानसिं तामाङको प्रमुख आतित्थ्थमा सम्पन्न भएको हो । कार्यक्रम लाई ऐतिहासिक बनाउने अध्यक्ष प्रविन तामाङले जानकारी दिए ।