१३ नम्बर वडाको रचनात्मक काम एकल महिला, अपाङ्ग तथा वृद्ववृद्वालाई न्यानो कपडा


पुष २, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी वडा १३ भुलभुलेका ७४ वर्षिय चन्द्रबहादुर तामाङ पुषको कठ्याङिग्रदो चिसोमा लुग–लुग काँप्दै ३० मिनेट हिँडेर कोटडाँडा बजार पुगे । जेष्टनागरिक कार्यक्रम भनेर पुगेका उनले गत सालको जस्तो कार्यक्रममा खुवाईने चिया–विस्कोट खाएनन् । उनले नत जेष्ट नागरिक सम्मानमा खादा नै लगाए । बरु खादा मालको सट्टा उनले जाडोमा लगाउने न्यानो कपडा पाए ।

चौतारा साँगाचोकगढी नगरपालिका मेयर अमानसिं तामाङ र वडा अध्यक्ष रामप्रसाद गौतमले न्यानो कपडा (ज्याकेट) लगाईदिंदा वृद्व तामाङ दंग परे । वडाले न्यानो ज्याकेट लगाईदिएकोमा खुशी हुँदै वडाअध्यक्ष गौतमलाई धन्यवाद समेत दिए । जाडो याममा जाकेट पाउँदा चन्द्रबहादुर जस्तै कार्यक्रममा सहभागी अरु जेष्ट नागरिक समेत निकै उत्साहित देखिए । १३ नम्बर वडा कार्यालयले पुष १ गते २७४ लाई न्यानो कपडा वितरण गरेको हो । गत साल भन्दा पृथक ढंगबाट ज्याकेट वितरण गरेर जेष्ट नागरिक सम्मान कार्यक्रम गरेको १३ नम्बर वडाअध्यक्ष रामप्रसाद गौतमले सिन्धुज्वालालाई बताए । ’वर्षेनी वडाले गर्ने जेष्ट नागरिक सम्मान कार्यक्रममा चिया विस्कोट खाएर र खादा ओडेर पैसा सकिन्थ्यो, यसपालि फरक ढंगबाट ज्याकेट बाँडेर कार्यक्रम ग¥यौं‘, वडाअध्यक्ष गौतमले भने । भत्ता खाएका जेष्ट नागरिक, अपाङ्ग तथा एकल महिलालाई जाडो र ठण्डीले नभेटोस भनेर ज्याकेट किनीदिने निर्णय गरिएको वडाअध्यक्ष गौतमले बताए । उनका अनुसार वडाले आ.ब.०७६र७७ को लक्षित वर्गको बजेट कार्यक्रमको लागि छुट्याएको १ लाख ६ हजार बजेटबाट उक्त ज्याकेट खरिद गरिएको हो । त्यस्तै वडा महिला सञ्चालको २० समेत ज्याकेट खरिद गर्न खर्च भएको उनले बताए ।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका मेयर अमान सिं तामाङले वृद्व, अपाङ्ग तथा जेष्ट नागरिकलाई ज्याकेट लगाईदिएर सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका मेयर तामाङले जेष्ट नागरिकलाई ज्याकेट वितरण गरिदिएर रचनात्मक भएको बताए । कार्यक्रममा ९ नम्बर वडा अध्यक्ष विष्णु लामा, कार्यपालिका सदस्य र वडा सदस्यहरुको उपस्थिति रहेको थियो । वडा भरिका सबै जेष्ठ नागरिक बृद्धा ६० बर्ष नाघेका एकल महिला र अपांगहरुलाइ न्यानो ज्याकेट बितरण गरिएको हो ।