मृतकका आफन्तले शव बुझेपछि ६ जनाको सामुहिक दाहसंस्कार

तरिुबर ः शितल मोक्तान

बाह्रबिसे (सिन्धुपाल्चोक) । १५ जनाको ज्यान जाने गरी आइतबार भएको बस दुर्घटनामा परि मृत्यु भएका ६ जनाको सामुहिक दाहासंस्कार गरिएको छ । मृतकका आफन्तहरुले पोष्टमार्टमपछि शव बुझेर जुगल गाउँपालिका–७ याङलाकोटका ६ जनाको बाह्रबिसे स्थित सुनकोशी नदिमा सामुहिक दाहासंस्कार गरिएको हो ।

सामुहिक दाहासंस्कार गरिएकोमा याङलाकोटका सबिना तामाङ, रेश्मा तामाङ, रोशनी तामाङ, मञ्जु तामाङ, सुकबहादुर तामाङ र फुलमाया तामाङ रहेका छन् । त्यसैगरी दुर्घटनामा मृत्यु भएका लक्ष्मी श्रेष्ठ, महेश तामाङ, रामशरण खत्री, मैया खत्री, गंगामाया तामाङ, रञ्जित बस्नेत र जुनुमाया श्रेष्ठको शव आफन्तहरुले अन्तिम संस्कारको लागि आइतबार बेलुकी नै राजधानी लगेको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए ।

स्मरण रहोस आईतबार लामोसाँघु–जिरी सडक खण्डको ६ किलोमा भएको बस दुर्घटनामा १२ यात्रुको घटना स्थलमा मृत्यु भएको थियो भने तिन जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो ।