प्रलेसको पाचौं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा यदुनाथ बसन्तपुरे

प्रगतिशील लेखक संघ सिन्धुपाल्चोकले आफ्नो पाँचौ जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।
जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका स्थित रकरिभर साईड रिर्सोट भैंसेमा सोमबार वक्तृत्वकला प्रतियोगिता र मंगलबार जिल्ला अधिवेशनको उद्घाटन गरिएको थियो । पाँचौ जिल्ला अधिवेशनको उद्घाटन प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय अध्यक्ष जिवेन्द्रदेव गिरीले गरेका हुन् ।
प्रलेसको पाँचौ अधिवेशनको उद्घाटन पछिको मन्तव्य राख्दै प्रगतिशील लेखक संघका केन्द्रीय अध्यक्ष गिरीले ७७ जिल्लामा भएको प्रलेसको गतिविधिमा सिन्धुपाल्चोक उत्कृष्ट रहेको उदघोष गरे । ’अरु जिल्लामा पनि प्रलेसका गतिविधिहरु भईरहेका छन् तर सिन्धुपाल्चोक सबैभन्दा उत्कृष्ट रहेको पाईयो‘ केन्द्रीय अध्यक्ष गिरीले भने । प्रलेस सिन्धुपाल्चोकले वक्तृत्वकला लगाएत अन्य क्रियाकलाप मार्फत नयाँ पुस्तालाई सम्केन्द्रित गर्न लागेकोमा खुशी व्यक्त गर्दै अध्यक्ष गिरीले सबै क्षेत्रहरुलाई समेट्न गरिएको प्रयत्नलाई खुलेर पंशसा गरे । प्रलेस केन्द्रमा जम्मा दुई लाखको कोष स्थपना गर्न नसकिएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष गिरीले प्रलेस सिन्धुपाल्चोकले साहित्यकारहरुको हितानुकुल १० लाखको कोष स्थपना गरेर उदाहणीय काम गरेको बताए ।

प्रलेसले आगमी दिनमा प्रगतीशीलता विचारलाई स्थापित गर्न जोड दिनुपर्ने धारणा राख्दै अध्यक्ष गिरीले सरकारले गरेको राम्रा कामलाई अनुसरण र गलत कामलाई लेखकीय भूमिकाबाट खवरदारी गर्नुपर्ने बताए । कार्यक्रमा प्रलेस सिन्धुपाल्चोकबाट सम्मानित हुने प्रलेस सिन्धुपाल्चोकका पूर्व संस्थापक तथा नेकपाका केन्द्रीय सदस्य केशव नेपालले प्रलेसको मूल्य मान्यतामा रहि यसको शाखलाई जोगाईराख्नु पर्ने धारण राखे ।
त्यस्तै कार्यक्रमका नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा ’सुवोध‘ ले प्रगतिशिल लेखक संघले विगतमा भोगेका आरोह अवरोहको चर्चा गरे । सापकोटाले प्रगतिशील लेखक संघले गरिने हरेक गतिविधिले जिल्लामा भविष्यमा बौद्धिक र प्रवुद्ध नागरिकहरु उत्पादन हुने बताए । त्यस्तै जनसाँस्कृतिक महाँसंघका सहसंयोजक सरल सहयात्रीले जिल्लामा प्रगतिशील लेखक संघ शसक्त बन्दै गएको र अबका दिनमा गर्नुपर्ने थुप्रै काम रहेकाले समस्या र चुनौती चिर्दै भावी पुष्ताको लागि बाटो फराकिलो बनाउँदै लानुपर्ने बताए ।
यसैगरी कार्यक्रममा जिल्ला समन्वय समिति कृष्णगोपाल तामाङले साहित्यकला र संस्कृतिलाई यसअघि राज्यले उपेक्षा गरेको स्मरण गर्दै अबको दिनमा यसको जगेर्ना गर्नु पर्ने धारणा राखे । त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिंह तामाङले समाज र मुलुक प्रगतिका लागि सिन्धुपाल्चोकको इतिहासमै प्रगतिशील लेखकहरुको उपस्थितिमा भएको सम्मेलन उदाहरणीय भएको बताए । प्रमुख तामाङले प्रगतिशील लेखक संघले जिल्लाका दुर्गम विद्यालयहरुमा पुगेर कार्यक्रम गरि जिल्लाका भावीपुष्तालाई सिर्जनशील बनाउन गरेको काम उल्लेखनीय रहेको बताए । आगमी दिनमा प्रलेसलाई नगरपालिकाको तर्फबाट संधै सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त्त गरे ।
बक्स
क) १० लाखको कञ्चन पिताम्बर स्मृति साहित्यकार कल्याणकारी कोष घोषणा
ख) जिल्लाका ६ स्रष्ठालाई सम्मान
ग) १२ स्थानीय तहलाई कदरपत्र
घ) वक्तृत्वकला प्रतियोगितामा ४ विद्यार्थी उत्कृष्ट
प्रलेसको सिन्धुपाल्चोकको पाँचौ अधिवेशनले यदुनाथ वसन्तपुरेको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । कार्यसमिति उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः हेमन प्रधान, निर्मल बस्नेत र सरस्वती अधिकारी चयन भएका छन् । त्यस्तै सदस्यहरूमा धनपति भण्डारी, दिपेन्द्र श्रेष्ठ, मन्जु नेपाल, रमेश पौडेल, ज्ञानेन्द्र तिमिल्सिना, अम्विका नेपाल, दामोदर भारती र यज्ञ दंगाल चयन भएका छन् ।
सिन्धुपाल्चोक सुकुटेस्थित रक रिभर रिसोर्टमा भएको दुई दिने कार्यक्रममा पहिलो दिन सोमवार सिन्धुपाल्चोक जिल्लाका १२ गाउँपालिकामा चलाइएको वक्तृत्वकला प्रतियोगितबाट छानिएका जिल्लाका विभिन्न विद्यालयका २२ प्रतियोगीहरु सहभागी भएका थिए । २२ प्रतियोगीबाट पहिलो चरणमा १० प्रतियोगी छानिएका थिए भने त्यसबाट ४ जना प्रतियोगीलाई उत्कृष्ट घोषणा गरिएको थियो । पुरस्कृत हुनेहरुमा प्रथम, द्वितीय, तृतीय र चतुर्थ क्रमशः चौतारा साँगाचोकगढी नगरपालिका अन्र्तगत दक्षिणकाली माविका श्रीहरी ढुंगाना, त्रिपुरासुन्दरी गाउँपालिका अन्र्तगत कालिका मा.वि.का मनिष बोहोरा, हेलम्बु गाउँपालिका अन्र्तगत पाल्चोक मा.वि.की विष्णुमाया तामाङ र सुनकोशी गाउँपालिका अन्र्तगत बाघभैरव मा.वि.की सविना के.सी भएका छन् । उनीहरुले उनीहरुले क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
वक्तृत्वकलामा १२ पालिकाबाट २० विद्यालयको सहभागीरहेको थियो । मंगलवार भएको उक्त अधिवेशनमा प्रगतिशील लेखक संघ सिन्धुशाखाले ६ लेखक तथा साहित्यकारहरुलाई प्रलेस सम्मान प्रदान गरेको छ । सम्मानित हुनेहरुमा केशव नेपाल, कृष्ण सुवेदी ’भारद्वाज मित्र‘, राजेन्द्र प्रसाद भट्टराई ’रापी वाशिष्ठ‘, ,साधुराम नेपाल, सुरेशराम कसजू र रामप्रसाद सापकोटा ’दिपशिखा‘ छन् ।
प्रलेस सिन्धुपाल्चोकको पाचौँ जिल्ला अधिवेशन अवसरमा कार्यक्रमका सभाध्यक्ष तथा प्रलेसका अध्यक्ष दिनेश दुलालले ’कञ्चन पिताम्बर स्मृति साहित्य कल्याणकारी कोष’ घोषणा गरेका थिए । अध्यक्ष दिनेश दुलालले अधिवेशनपछी नयाँ कार्यसमितिलाई नेतृत्व हष्तान्तरण गर्दै कार्यकाल सफलताको लागि अध्यक्ष यदुनाथ वसन्तपुरे लगायत पदाधिकारीलाई शुभकामना प्रदान गरेका थिए । कार्यक्रमका लागि सिन्धु पर्यटन व्यवसायी संघको सहयोगमा रकरिभर साईड भैंसेले दुईदिन सम्म भएको पाँचौं जिल्ला सम्मेलनका लागि निशुल्क खाना, बसोबास तथा कार्यक्रम स्थलको व्यवस्थापन गरिदिएकोमा धन्यवाद सहित कदर पत्र प्रदान गरिएको थियो । यसैगरी १२ गाउँपालिकाले वक्तृत्वकला प्रतियोगिताका लागि आर्थिक सहयोग गरिएको भन्दै कदरपत्रले सम्मान गरिएको थियो भने वक्तृत्वकलामा निर्णायक भूमिका निर्वाहा गर्नेलाई समेत कदरपत्रले सम्मान गरिएको थियो । सबैको सहयोगले कार्यक्रम सफल भएको निवर्तमान अध्यक्ष दुलालले बताए ।
कार्यक्रममा विभिन्न पालिकाका प्रमुखहरु जिल्लाका तिनवटै क्षेत्रका साहित्यकार तथा लेखकहरुको सहभागी रहेको थियो ।