परिमार्जित हुँदै तीज, यसपाली कसरी मनाउँदै छन् सिन्धुका महिलाहरुले तीज ?

ज्वाला डेस्क

बाह्रबिसे नगरपालिका ५ की रन्जना तिमिल्सिनाले गत बर्षहरुमा मनाईने तीज भन्दा यसपटक फरक अनुभूति गरिन । कारण गत वर्षहरुमा तीजको बेला गरिने तडकभडक भन्दा यसपालिको तीज सरल सहज र स्वभाविक खालको थियो । उनको अनुभवमा गत बर्षहरुमा तीजको नाममा खानपिन, गरगहना तथा सिंगारमा निकै भडकिलो हुन्थ्यो । यसपटक भने आम दिदीबहिनीहरु संग खुशी साटासाट गर्दै नाचगान गरेर तीज मनाएको उनी बताउँछिन् । एक महिना अघि देखि तीज मनाउने नाममा खर्चिलो गर्ने र गरगहनाको देखासेखी हुने गरेको उनी बताउँछिन । मंगलबार बाह्रबिसे नगरपालिकाको कवर्डहलमा गरिएको तीज विशेष कार्यक्रममा सयौं महिलाहरु भेटघाटमा खुशीयाली साट्दै नाचगान गरेर मनाए । सामुहिक भावना देखिएको उनहिरुमा कुनै तडकभडक देखिएन । बाह्रबिसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पा लगाएतले व्यक्तिगत चन्दा उठाएर सहयोग गरेका थिए । तीजको लागि भन्दै माथिबाटै स्थानीय तहले खर्च गर्न नपाउने नीति भएका कारण तीजलाई भेटघाट र शुभकामना आदानप्रदान गरी मनाईएको नगरपालिकाकी उपप्रमुख शुशिला पाख्रिनले बताईन । यसपालिकाको तीज सरल र स्वभाविक ढंगबाट मनाईन्छ‘, उपप्रमुख पाख्रिनले भनिन । उसो त त्रिपुरासुन्दरी गाउँपालिकाले बिहिबार गरेको तीज विशेष कार्यक्रममा लोकगीत प्रतियोगितात्मक कार्यक्रम सम्पन्न ग¥यो । महिलाहरुलाई तीज विशेषमा गाउँपालिकाको सहयोगमा रचनात्मक कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताए । गाउँपालिकाको आयोजनामा तीज विशेषमा रचनात्मक कार्यक्रम गरेर महिलाहरुलाई हौसला प्रदान गरिएको उपाध्यक्ष दुर्गा नेपालले बताईन । बाह्रबिसे, त्रिपुरासुन्दरी लगाएत जिल्लाका १२ स्थानीय तहहरुले तीजलाई आफ्नै मौलिकता अनुसार मनाउने तयारीमा छन् ।

हिन्दू नारीहरूले मनाउने एउटा महत्वपुर्ण चाड हो । यो चाड शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्धारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन पर्ने महिला नेतृ तथा नेकपाकी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले बताईन । ’यो चाड सबै नारीहरुले महिला संघर्ष र उपलब्धीका रुपमा मनाउनपर्दछ‘, तीज विशेष कार्यक्रममा बिहिबार पिस्कर पुगेकी महिला नेतृ शाक्यले भनिन ।
यो पर्व मुख्य रूपले नेपालभर मात्रै हैन विश्वभरी रहेका नेपालीहरुले निकै महत्वका साथ मनाउने गर्छन । खासगरि आद्य शक्ति भगवानशिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वर्त राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्महिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।

यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरीरचेलीलाई घरमा बोलाएर मीठा–मीठा परिकार ख्वाउँने तथा मनका भावना एवं सुख–दुख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन छ । यस दिनलाई विशेष महत्वकासाथ दर खाने दिनका रुपमा लिईन्छ । यहि दर खाने दिनबाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ । दरमा खीर, सेलरोटी, केरा, अचार र ठाँउ अनुसार विभिन्न मिठा–मिठा परिकार खाने गरिन्छ । तर अहिले आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन हँुदै गएको महसुस गरिएको छ । दर खानेदिनदेखी शुरु हुने तिज महिनौंदिन अघिदेखी शुरु भएको छ ।
दरको नाममा अहिले सेलरोटी, खिर, केरा हैन मासु, रक्सीतिर धेरैको ध्यान गएको छ । घरमा वसेर पुराना पुराना भाकामा वुढापाकादेखी भ्रखरैका बालबच्चा बसेर सुन्न सकिने गितमा रातीसम्म बसेर दर खानुको मज्जा वेग्लै थियो, तर अहिले तिजका भाका बदलिएको महिला नेतृ अमृता नेपालको तर्क छ । मौलीकतालाई विर्सिएर तिज डिस्को स्टायलमा लिन थालेको उनको तर्क छ ।
त्यो पुरानो तिजको स्वाद वदलिएर पुरै फरक भएको छ अहिले । अवका पुस्ताहरु खास तिज के हो भन्ने कुराको समेत पत्तो नपाउन सक्ने सहजै रुपमा अनुमान गर्न सकिन्छ । अहिले तिजका कार्यक्रम, दर खाने कार्यक्रम विभीन्न पाटी प्यालेसतिर जान थालेको अर्की महिला नेतृ अम्बिका नेपालको तर्क छ ।

हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफनी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गंल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङगको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
पछिल्लोपटक तीज गित दोहोरी जस्ता हुन थालेपछि महिला नेतृहरु चिन्तित हुन थालेका छन् । जहाँ मौलीक लय छैन न त शब्द नै छन । अहिलेको तिज संस्कृतीलाई जोगाउन हैन फेसनेवल रुपमा लिन थालिएको उनीहरुको भनाई छ । महिला नेतृ अमृता भन्छिन, ‘अहिलेको तिज पार्टी प्यालेसहरुमा मनाउने प्रचलन वढि चल्न थालेको छ, यो संस्कृतीको जगेर्ना गर्ने भन्दा पनि संस्कृती विग्रने स्थितीमा जान थालेको छ ।’ तिजको नाममा ड्रिङ्स पार्टी, तडक भडक बढि भयो । दर भनेको तामाको तरकारी, काँक्राको अचार, अनदीको खाजा खाएर लगायत खाएर मनाईने परम्परा भएको अर्की महिला नेतृ गिता नेपाल ढुङ्गनाको तर्क छ ।