जेठ २१, २०८३

लिसंखुपाखरका एकै घरमा दुई डाक्टरः गाउँपालिकाले सम्मान गर्ने

सिन्धुज्वाला संवाददाता जेठ २१, अत्तरपुर । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर ६, पेटकुका एकै परिवारका दुई दाजुबहिनीले चिकित्सा क्षेत्रमा सफलता हासिल गरेर गाउँकै गौरव बढाएका छन् । स्थानीय रुद्रबहादुर तामाङ र रमा तामाङका छोरी प्रमी तामाङ र छोरा सूर्यबहादुर तामाङ डाक्टर बनेपछि स्थानीयस्तरमा खुसीयाली छाएको छ । छोरी प्रमी तामाङ विगत केही समयदेखि चिकित्सा क्षेत्रमा […]

आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्रीवितरण नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

जेष्ठ २१, चौतारा । नवजात शिशुलाई जन्मिएको एक घण्टाभित्र अनिवार्यरुपमा आमाको दूध चुसाउनु पर्ने भए पनि यसरी दूध खुवाउने आमाहरुको संख्या निकै कम भएको पाइएको छ । स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने आमाहरुको संख्या ८० प्रतिशतभन्दा बढी भए पनि शिशुलाई एक घण्टाभित्र आमाको दूध खुवाउने दर ५५ प्रतिशत मात्र रहेको एक अध्ययनले देखाएको छ । […]

मेयर कप खुला कराते प्रतियोगिता ः चौतारा टिम च्याम्पियन

जेष्ठ २१, मेलम्ची । मेलम्ची नगरपालिकाको आयोजनामा सम्पन्न दोस्रो मेयर कप खुला कराते प्रतियोगिताको उपाधि चौतारा टिमले जितेको छ । दुई दिनसम्म चलेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै चौताराले सर्वाधिक स्वर्ण पदक हात पारेर टिम च्याम्पियन बन्न सफल भएको हो । प्रतियोगितामा काठमाडौंको टोखा नगरपालिका वादोकाइ कराते दोस्रो स्थान हासिल गर्दै उपविजेता बनेको छ भने काभ्रे […]

पर्यटन मार्फत समृद्व जुगल बनाउने युवाहरुको प्रयास, गार्डिएन्स ग्रुपले ग¥यो जुगल बेस क्यापको सफल अन्वेषण यात्रा

दिनेश दुलाल जेष्ठ १९, सुकुटे । जुगल बेस क्यापको अन्वेषण ६ दिने यात्रा सकेर सुकुटे फर्किएका गार्डिएन्स ग्रुपमा सहभागी जुगल–६ का प्रविण श्रेष्ठ निकै थकित थिए । दैनिक १० देखि १२ घण्टा सम्म हिड्दा उनको ज्यान थिलो–थिलो भईसकेको थियो तर पनि मनमा भने उनी त्यति कमजोर देखिएनन । ६ दिने जुगल बेसक्याम्प सम्मको यात्रा आफुलाई […]

गणतन्त्र दिवसमा पूर्वप्रधानमन्त्री खनाल सम्मानित, ३४ कविता वाचनसहित भव्य साहित्यिक सङ्गम

दिनेश दुलाल जेठ १६, काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा पूर्वप्रधानमन्त्री खनाल सम्मानित भएका छन् । खनालका ११ तथा अन्य ३४ कविता वाचनसहित भएको उक्त कार्यक्रम नेपाल सांस्कृतिक पेशाकर्मी सङ्घ केन्द्रीय समितिद्वारा आयोजना गरिएको हो । विशेष कविता वाचन तथा स्रष्टा सम्मान कार्यक्रम शनिबार काठमाडौँको बौद्ध, रामहिटीस्थित साहित्य सदन नेपालको हलमा सम्पन्न भएको हो । नेपाल […]

अर्थमन्त्री वाग्लेद्वारा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत

जेठ १५, २०८३ शुक्रबार काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको हो । अर्थमन्त्री वाग्लेले आज दुवै सदनको संयुक्त बैठकमा आगामी आवको आय र व्ययको अनुमान प्रस्तुत गरेका […]

परिवर्तित समयमा अभिभावकहरुको दायित्व विषयमा वृहत छलफल

जेष्ठ १४, भक्तपुर । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्यसमितिले परिवर्तित समयमा अभिभावकको दायित्व विषयक वृहत छलफल गरेको छ । नेपाल सरकारको शिक्षानीति अनुसार शैक्षिक सत्र शुरु भएसँगै संस्थागत विद्यालयका अभिभावक माथि पहिलेदेखि विनाकारण एउटै विषय अन्तर्गत पर्ने शिर्षक वा उपशिर्षकलाई छुट्टाछुट्टै शिर्षक बनाई शुल्क उठाउने गर्दै आएको प्रवृतिमा खासै तात्विक भिन्नता नआएको गुनासो बढ्न […]

एसइइ २०८२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू सम्मानित

जेष्ठ १४, चौतारा । नेपाल राष्ट्रिय शिक्षक संगठन तथा शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि द्वारा संयुक्त रुपमा आयोजित एसइइ २०८२ उत्कृष्ट विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०८२ मा उत्कृष्ट जिपिए हासिल गर्ने जिल्लाभरिका विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त […]

डेढ महिना पुग्दा समेत खुलेन जुगल क्षेत्रका तीन हाइड्रोपावर, जिल्ला प्रशासन र स्थानीय सरकारले गरे वेवास्ता

जेष्ठ १५, ढाँडे । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा निर्माणाधीन तीन वटा हाइड्रोपावर कम्पनी डेढ महिना वित्दा समेत खुल्न सकेन । डेढ महिना अघि तीनवटा हाइड्रोपवारलाई तत्काल काम रोक्न निकुञ्जले आदेश जारी गरेको थियो । अनुमति बिना आयोजना निर्माण कार्य नगर्न भन्दै लाङटाङ राष्ट्रिय निकुञ्जले ब्रह्मायणी हाइड्रोपावर कम्पनी प्राली काठमाडौँ ब्रह्माणी जलविद्युत आयोजना […]