[flyup_nepali_date]

इन्द्रावती–१२ मा कृषक पोषण पाठशाला सम्बन्धी आमभेला सम्पन्न

रबिन दनुवार भदौ १८, सिन्धुपाल्चोक । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास परियोजना अन्तर्गत विश्व खाद्य कार्यक्रमको सहयोगमा इन्द्रावती गाउँपालिका–१२ मा कृषक पोषण पाठशाला सम्बन्धी आमभेला सम्पन्न भएको छ। वडा अध्यक्ष सुरेन्द्र बहादुर दनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य रामहरि दनुवार प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा परियोजनाका सहजकर्ता सुजन सापकोटाले कृषक पोषण पाठशालाको उद्देश्य र […]

इलेक्ट्रोपावर कम्पनिद्वारा झिर्पु माविलाई विद्यालय बस

भदौ १७, हिन्दी । भोटेकोशीमा निर्माणधिन इलेक्ट्रोपावर कम्पनीले झिर्पू माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । इलेक्ट्रोपावर कम्पनि लिमिटेडको आर्थिक सहयोग तथा गौरीशंकर संरक्षण क्षेत्र व्यवस्थापन समिति फुल्पिङकट्टीको सहयोगमा गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले विद्यालयलाई हस्तान्तरण गरेका थिए । भोटेकोशी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष टासी शेर्पाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ३ […]

जिससलाई टेरेनन् स्थानीय तहले, दुई पालिका अनुपस्थित, अधिकांश सामन्य कर्मचारीको प्रतिनिधित्व

दिनेश दुलाल भदौ १६, चौतारा । नेपालको संविधान २०७२ को धारा २२० उपधारा (७) मा जिल्ला सभाको काम कर्तव्य र अधिकार सन्दर्भमा स्पष्टसाथ किटान गरि उल्लेख गरिएको छ– ‘जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने, विकास तथा निर्माण सम्बन्धी काममा सन्तुलन कायम गर्न सोको अनुगमन गर्ने, जिल्ला रहने संघीय र प्रदेश सरकारी कार्यालय, गाउँपालिका र […]

सिन्धु चेली गंगा सोनामले जितिन् नेपाल आइडल सिजन-६ को उपाधि

भदाै १६, चाैतारा । सिन्धुपाल्चोककी चेली गंगा साेनामले नेपाल आइडल सिजन-६ उपाधि जित्न सफल भएकी छिन । गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ को उपाधिकाे लागि आइतबार भएकाे प्रतिश्पर्धामा गंगाले जित हाँसिल गरेकी हुन । इन्द्रावती गाउँपालिका-१० बडहरेमा अति विपन्न दलित परिवारमा जन्मिएकी गंगाले ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधि ताज पहिरिएकी […]

मानव अंग (किड्नी) बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा दुई पक्राउ

भदाै १७, चाैतारा । मानव अंग (किड्नी) बेचबिखन कार्यमा संलग्न रहेको आरोपमा दुई पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले संगठित रूपमा मानव अंग बेचबिखन (किड्नी)को कार्यमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकका दुई जनालाई पक्राउ गरेको जनाएकाे छ । जिल्लाकाे सुनकोसी-७ का ३८ वर्षीय श्याम कृष्ण भण्डारी र इन्द्रावती-२ का २१ वर्षीय सुजन […]

सिन्धु एमालेका पूराना नेता श्रेष्ठ लगाएत एक दर्जन माओवादी केन्द्रमा प्रवेश

भदौ १२, काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोकका पूराना नेता ईश्वरीप्रसाद श्रेष्ठ लगायत एक दर्जन नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । बिहीबार माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रम गरी उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन । उनीहरूलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा भित्र्याउने तयारी थियो । तर प्रचण्ड विराटनगर गएपछि माओवादी उपाध्यक्ष […]

गंगालाई जिताउन सिन्धुपाल्चोकका सबै राजनीतिक दलका नेताले गरे आह्वान

भदौ १२, काठमाडौं । एपिवान टेलिभिजन रियालिटी शो नेपाल आइडलको छैटौं संस्करणको फाइलमा प्रवेश गरेकी सिन्धुपाल्चोककी चेली गंगा सोनामलाई भोट गरेर जिताउन सिन्धुपाल्चोकका सबै राजनीतिक दलका नेताहरूले जिल्लावासीलाई अपिल गरेका छन् । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० बडहरे निवासी गंगा सोनाम नेपाल आइडलको विभिन्न चरण पार गर्दै टफ फाइभ अर्थात् फाइनलमा प्रवेश गरेकी छिन् । गंगालाई भोट […]

नेपाल आइडलकी गङ्गालाई जिताउन समाजसेवी भरत पराजुलीले भारी मतसहित दिए हौसला

भदौ १२, काठमाडौं । एपिवान टेलिभिजन रियालिटी शो नेपाल आइडलको छैटौँ संस्करणको फाइनलमा पुगेकी सिन्धुकी चेली गङ्गा सोनामलाई जिताउन समाजसेवी तथा व्यवसायी भरत पराजुलीले हौसला प्रदान गरेका छन् । बुधबार आफ्नै कार्यालयमा आमन्त्रण गरेर पराजुलीले गङ्गालाई भारी मत सहित जितको शुभकामना दिंदै उनलाई जिताउन सार्वजनिक आह्वान समेत गरेका छन् । ब्रह्मायणी जलविद्युत आयोजनाको कार्यालयमा पराजुलीले […]

करेन्ट सर्ट भई बाख्रा फाममा आगलागी हुँदा ५० बाख्रा मरे

भदौ ११, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका १, गुन्सा भन्ने स्थानमा एक बाख्रा फाममा करेन्ट सर्ट भएर आगोलागि हुँदा ५० बाख्रा जलेर मरेका छन् । आज बिहान करिब अन्दाजी ८ः२० बजेको समयमा गुन्सामा विमला श्रेष्ठको नाममा दर्ता रहेको विदान विधि कृषि पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ८५ वटा बाख्रामध्ये ५० जलेर मरेको जिल्ला […]