[flyup_nepali_date]

जुगलमा स्थानीय नै जागे श्रम अभियानमा, सयौंको सहभागितामा श्रम पार्क बन्दै

दिनेश दुलाल असोज २३, चनौटे । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा यतिबेला श्रम अभियान चलेको छ । ‘आफ्नो पालिका आफैं बनाऔं, गाउँमा पर्यटक भित्र्याउ’ भन्ने सोचका साथ स्थानीय युवाहरु यतिबेला सामाजिक कार्यमा खटिएका छन् । जुगल गाउँपालिका वडा न ५ का समाजसेवी सोम छिरिङ तामाङ र गणेशबहादुर श्रेष्ठको नेतृत्वमा ‘समृद्व जुगल निर्माणको लागि गरौं’ नाराका साथ […]

जिरी–खाडिचौर सडकको ५ किलोमा बस दुर्घटना हुँदा २० घाइते

असोज २१, खाडीचौर । जिल्लाको सुनकोशी गाउँपालिका–७ पाँचकिलोस्थित जिरी–खाडिचौर सडक खण्डमा मंगलबार बेलुकी बस दुर्घटना हुँदा ३ नाबालकसहित २० जना घाइते भएका छन् । रामेछापबाट चरिकोट हुँदै काठमाण्डौंतर्फ जाँदै गरेको बा।प्र।०३–००१ ख २५२१ नम्बरको बस मंगलबार साँझ करिब ४ बजेर २५ मिनेट जाँदा सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । […]

सहिद स्मृति सामुदायिक सिकाई केन्द्रकाे साधारणसभा सम्पन्न

असाेज १२, टूलाेसिरूवारी । चाैतारा साँगाचाेकगढी नगरपालिका-१३ ठूलाेसिरूवारीमा रहेकाे सहिद स्मृति सामुदायिक सिकाई केन्द्रकाे साधारणसभा सम्पन्न सम्पन्न भएकाे छ । ठूलाेसिरूवारी काेटडाँडामा रहेकाे सामुदायिक सिकाई केन्द्रकाे साधारणसभा संगै आउँदै गरेकाे विजय दशमी, दिपावली, नेपाल संवत् एवम् छठ, पर्वत अवसरमा आइतबार शुभकामना आदान प्रदान कार्यक्रम गरिएकाे हाे । साधारणसभाकाे १३ नम्बर वडाका वडाअध्यक्ष एवम सामाजिक विकास […]

मोटरसाइकल दुर्घटनामा एक अष्ट्रेलियन नागरिकको मृत्यु

असाेज ११,बाह्रबिसे । तातोपानी सडक खण्डमा शनिबार भएको मोटरसाइकल दुर्घटनामा एक अष्ट्रेलियन नागरिकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार भोटेकोशी गाउँपालिका–४ चारकिलोमा बा.८९ प.९७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब १० मिटर तल खसेपछि ६८ वर्षीया जेनेट ज्याक्सन गम्भीर घाइते भएका थिए । उद्धारपश्चात उनलाई धुलिखेलस्थित शाखा अस्पताल हुँदै हेलिकोप्टरमार्फत काठमाडौंको नर्भिक अस्पताल पुर्‍याइएको […]

माओवादी केन्द्रकाे महत्त्वपूर्ण निर्णय, केन्द्रीय समिति भंग, वामपन्थी एकताकाे पहल र निर्वाचनमा भाग लिने

असाेज १०, काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक महत्त्वपूर्ण निर्णय गरि सम्मन्न भएकाे छ । अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सम्पन्न भएको बैठकले केन्द्रीय समिति भंग, वामपन्थी एकताकाे पहल र निर्वाचनमा भाग लिने लगाएत महत्त्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएकाे छ । बैठकले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रस्ताव […]

सुनकाेशी नदिमा हराएकाे भ्यान खाेजी कार्यामा सिन्धु सुकुटे पर्यटन व्यवसायी लाग्याे

असाेज १०, खाडीचाैर । सिन्धुपाल्चोक खाडीचाैर तर्फ जाँदै गरेकाे दूध बाेक्ने भ्यान सुनकाेशी नदिमा खसेर वेपत्ता भएकाे छ । उक्त भ्यान खाजीकार्यमा सिन्धु सुकुटे पर्यटन व्यवसायीले सक्रियता देखाएकाे छ । पर्यटन व्यवसायीले डुगा तथा बाेटकाे माध्यमबाट बिहानबाटै खाेजी कार्यलाई तिब्रता दिएकाे पर्यटन व्यवसायी संघका उपाध्यक्ष अन्जन खड्काले बताए । उनका अनुसार खाेजीकार्यमा पर्यटन व्यवासायी, स्थानीय, […]

दुध बाेक्ने भ्यान सुनकाेशी नदिमा खसेर वेपत्ता

असाेज १०, खाडीचाैर । सिन्धुपाल्चोक खाडीचाैर तर्फ जाँदै गरेकाे दूध बाेक्ने भ्यान सुनकाेशी नदिमा खसेर वेपत्ता भएकाे छ । चौतारा साँगाचोकगढी नगरपालिका- १० सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दुध संकलन गर्ने बा १२ च ६५९४ नं. को मारुती मिनि डेलिभरी भ्यान सुकुटेबाट खाडिचौरतर्फ जाँदै गर्दा सडकबाट ५० मिटर तल सुनकाेशी नदीमा खसि बेपत्ता भएको जिल्ला […]

चट्याङमा परेर आमाछोरा घाइते

असोज ८, चौतारा । चट्याङ परेर सिन्धुपाल्चोकमा दुई जना घाइते भएका छन् । जुगल गाउँपालिका–१ सेलाङ बस्ने बर्ष ७७ की कान्छी तामाङ र बर्ष ३० का रामकाजी तामाङ घाइते भएका छन् । घाइते कान्छी र रामकाजी आमा छोरा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार दिउसो ४ बजे आफ्नै घर छेउको बाँसले बेरेको जस्ताको […]

मामा घर हिँडेका दुई दिदिबहिनी पहिरोमा परि बेपत्ता

असोज ८, जलविरे । चौतारा साँगाचोकगढी नगरपालिका–२ भोटे फुल्पिङका नाबालक सहित दुई दिदिबहिनी पहिरोमा परी वेपत्ता भएका छन् । जुगल गाउँपालिका–२ गोल्छे स्थित मामाघरमा पैदल जाँदै गरेका बर्ष १७ की फुलमाया लामा र उनकी बहिनी बर्ष ५ की मनमाया लामा लेदो सहितको पहिरोमा वेपत्ता भएका हुन् । बुधबार दिउसो ४ः४५ बजे समयमा बलेफी गाउँपालिका–१ जलबिरे […]