निकै उत्साह र रौनकता छाउँदै ठूलोसिरुवारी खेलकुद महोत्सव २०८२ सकियो

दिनेश दुलाल कार्तिक ३, चौतारा । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१३ ठूलोसिरुवारीमा भएको तेश्रो खेलकुद महोत्सव तथा नगर मावि स्तरीय जुनियर कराते प्रतियोगिता २०८२ सम्पन्न भएको छ । खेलाडीहरुमा निकै उत्साह र रौनकता छाउँदै दुई दिन चलेको खेलकुद महोत्सव सोमबार सम्पन्न भएको हो । १३ नम्बर वडा खेलकुल विकास समितिले दिएको विवरण अनुसार समग्र २१ […]
ठूलोसिरुवारी खेलकुद महोत्सवमा कराते बिधा तर्फ सेतीदेवी मावि प्रथम

दिनेश दुलाल कार्तिक २, चौतारा । ठूलोसिरुवारी तेस्रो संस्करण अन्र्तगत भएको खेलकुद महोस्तवमा कराते विधा तर्फ सेतीदेवि मावि प्रथम हुन सफल भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१३ ठूलोसिरुवारीमा कार्तिक २ र ३ गते भएको खेलकुद महोत्सवको पहिलो दिन कराते बिधा तर्फ नगर स्तरीय प्रतियोगितामा १२ स्वर्ण सहित घरेलु सेतीदेवी ठूलोसिरूवारी प्रथम भएको हो । त्यस्तै […]
जुगलमा जनताको व्यापक सहभागितामा श्रमपार्क बन्दै(फोटो फिचर सहित)

लुकी झर्ना सिन्धुपाल्चोकै मनोरम ठाउँ दिनेश दुलाल असोज ३१, ढाँडे । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा जनताको व्यापक सहभागितामा सुरु भएको श्रमपार्क निर्माण अभियान तथा सोही ठाउँमा रहेको लुकी झर्ना यतिबेला निकै चर्चा कमाएको छ । सामाजिक अभियान्ता सोमछिरिङ तामाङ र गणेशबहादुर श्रेष्ठ (गौरब) को नेतृत्वमा त्याहाँका जनताले निशुल्क स्वतः स्फुर्त एकसाता देखि श्रम अभियानमा जोडिएका […]
ठूलोसिरुवारीमा कार्तिक २ र ३ गते खेलकुद महोत्सव हुँदै

असोज ३१, चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका–१३ ठूलोसिरुवारीमा विभिन्न विधामा खेलकुद महोत्सव हुने भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१३ को आर्थिक सहयोग तथा आयोजनामा तेस्रो ठूलोसिरुवारी खेलकुद महोत्सव नगर मावि स्तरीय जुनिएर कराते प्रतियोगिता २०८२ हुन लागेको हो । कार्तिक २ र ३ गते सहिद स्मृति खेलकुद मैदान नर्सिङडाँडामा हुने उक्त खेलकुद महोत्सव नगर शिक्षा, […]
प्रभावितलाई निशुल्कः सेयर दिएको भन्ने हल्ला मिथ्या भएको भोटेकोशी पावर कम्पनीको दावी

असोज ३१, काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशीका प्रभावित जनतालाई निशुल्कः सेयर दिएको भन्ने हल्ला मिथ्या भएको भोटेकोशी पावर कम्पनीले दावी गरेको छ । पावर कम्पनीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै कसैलाई पनि निशुल्कः सेयर नदिएको खुलासा गरेको छ । जारी गरिएको प्रेस विज्ञेप्तिमा भनिएको छ– ‘२०८२ साल आश्विन २६ गते सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीका स्थानीय बासिन्दाहरुको […]
जलविद्युत क्षेत्र असुरक्षित हुँदै गएको भन्दै ऊर्जा उत्पादकहरूले गरे खबरदारी (पूर्णपाठ सहित)

दिनेश दुलाल असोज २९, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले पछिल्लो समय नेपालका जलविद्युत क्षेत्रहरु असुरक्षित रहेको भन्दै खवरदारी गरेका छन् । आन्दोलनको नाममा नीजि क्षेत्रमाथि अनावश्यक दवाव र अराजकता बढेको भन्दै इप्पानले पत्रकार सम्मेलन मार्फत सरकारको समेत ध्यानकर्षण गराएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै इप्पानले निजी क्षेत्र धितोपत्र सूचिकरण तथा […]
जुगलमा नयाँ प्रमुख प्रशासकीय अधिकृत

असाेज २७ चनाैटे । जुगल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत गाैरबराज केसी आएका छन् । यस अघि प्रमुख प्रशासकीय अधिकृत लाेकबहदुर बिक सरूवा भएसंगै लामाे समय रिक्त रहेकाेमा संघीय मन्त्रालयबाट सरूवा भई आएका केसीलाइ आज गाउँपालिकाले स्वागत गरेकाे हाे । नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गर्दै गाउँपालिका अध्यक्ष रेशम स्याङ्बाेले जुगल गाउँपालिकालाई सफल गाउँपालिका बनाउनकाे […]
३२ दिनपछि स्थानीयलाई सेयर उपलब्ध गराउने सहमति सहित माथिल्लो भोटेकोशी जलविद्युत सञ्चालनमा

दिनेश दुलाल २७ असोज, तातोपानी । ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत आयोजना सोमबारबाट सञ्चालनमा आएको छ । उत्पादक भोटेकोशी पावर कम्पनीले गाउँपालिकाभित्रका स्थानीयलाई १० प्रतिशत सेयर उपलब्ध गराउने सहमति भएपछि ३२ दिन देखि बन्द पावरहाउस खुलुको हो । भोटेकोशीका स्थानीयले जेन–जीको नाममा आन्दोलित स्थानीयले आयोजनाको विद्युतगृह बन्द गरेका थिए । १० प्रतिशत ‘फ्री सेयर’ […]
फिफाको छनोटमा सिन्धु चेली करिना बनिन पहिलो नेपाली खेलाडी

असोज २३, मेलम्ची । फिफाको एन्टी–डोपिङ छनोटमा सिन्धु चेली करिना पुरी पहिलो नेपाली खेलाडी बन्न सफल भएकी छिन् । नेपालकी युवा खेलाडी पुरीले अन्तर्राष्ट्रिय खेल प्रशासनमा नयाँ इतिहास रचेकी छिन् । संकटा फुटबल क्लबकी खेलाडी तथा कानून विद्यार्थी सिन्धुपाल्चोक स्थित मेलम्ची ज्यामिरेकी पुरी फिफाको ‘एक्जिक्युटिभ प्रोग्राम इन एन्टी–डोपिङ’ मा छनोट हुने विश्वका २८ जनामध्ये एक […]