चैत ९, २०८०
Text Size

दिनेश दुलाल
चैत्र ९, बाह्रबिसे । उद्योगी, व्यवसायी तथा व्यापारीहरुको छाता संगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको २८ औं साधारणसभा तथा ११ औं अधिवेशनको उदघाटन सत्र सकिएको छ ।

संघले प्काशन गरिएको स्मारिका बिमोचन गरिदैं

साधारणसभा तथा अधिवेशनको उदघाटन पूर्व स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले गरेका हुन् । कार्यक्रम उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै पूर्व मन्त्री एवम सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य मोहनबहादुर मोहनबहादुर बस्नेतले वर्तमान कार्यसमितिले संघको मूल्य मान्यतालाई थापित गरेर सकरात्मक सन्देश दिएको भन्दै अब नयाँ आउने कार्यसमितिमा संघका पूर्व अध्यक्ष लगाएत सिंगो टिमले जनजिविकाससंग सरोकार राख्ने कार्य गर्न सुझाब दिए । उद्योगको क्षेत्रमा सिन्धुपाल्चोक कमी भएको बताउँदै उद्योग र व्यापारलाई संगै लैजान सकेमा सिन्धुपाल्चोकको आर्थिक रूपमा सबल बन्न सक्ने धारणा राखे ।

सिन्धुपाल्चोक उद्योग वाणिाज्य संघमा १८ सय संख्या रहेको ठाउँमा ३ जना अध्यक्ष लडेको र ६ सय मात्र रहेको क्षेत्रलाई माहासचिव दिएको हुनाले यो राजनैतिक संस्कार भएको जिकिर गर्दै यसबाट राजनीति दलहरूले बुझ्नुपर्ने धारणा राखे । अर्को एक प्रसंगमा पूर्वमन्त्री बस्नेतले तातोपानी नाका खोलेपनि कस्का लागि खोलेको भन्ने कुरा नै समस्या भएको बताए । ‘अब हाम्रो पालो हो, हामीले भ्याउने हो भन्ने मानसिकताले तातोपानी नाका अस्तव्यस्त भएको छ’, बस्नेतले भने ।

त्यस्तै कार्यक्रममा विशेष अतिथि माधब सापकोटा सापकोटा ‘सुवोध’ ले अहिले मुलुकमा केही गर्न सकिँदैन, सबै बिग्रियो, भत्कियो भनेर निराशै निराशको भाष्य फैलिएको भन्दै सकारात्मक सन्देश प्रवाह गर्न पर्ने धारणा राखे । आउने नेतृत्व दलगत भन्दा माथि उठेर काम गर्न नसके उद्योग वाणिज्य संघ संघ जस्तो हुन नसक्ने टिप्पणी गरे । उत्पादन नागरिकको हुने बजार सरकारको हुने अवस्था नभएसम्म बेरोजगार उन्मुलनको कुरा मात्रै गरेर अर्थ नहुने बताउँदै कृषिलाई व्यवसायीकरण गर्नुपर्नेमा जोड दिए ।

तातोपानी नाकाको प्रसंग कोट्याउँदै सांसद सापकोटाले आफूले संघको निर्वाचन ताका तातोपानी नाका जसरी पनि खोल्न पहल गर्छु भनेकोमा पहिलो प्राथमिकता नाका खोल्न हरदिन र रात खटेर सफल भएको दावी गरे । चिन सरकारसंग तातोपानी नाकाको सडक लगाएत भौतिक पूर्वाधार निर्माणका लागि पहल भईरहेको समेत उनले जानकारी दिए ।

त्यस्तै नेपाल उद्योग वाणिज्य माहासंघका बरिस्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले सरकारले आशा भरोसा निजी क्षेत्रलाई केही गिरदिन पर्ने धारणा राखे । रोजगारी कसरी दिलाउने र उत्पादनमा कसरी वृद्धि गर्न पर्नेमा उनले जोड दिए । निजी क्षेत्रले ८० प्रतिशत र अन्यले २० प्रतिशत गररहँदा निजी क्षेत्रप्रति सरकारको दृष्टिकोण फरक रहेको उनले सुनाए । सिन्धुपाल्चोकको पर्यटन, जलविद्युत, तातोपानी नाका र कृषि क्षेत्रको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै उनले यी क्षेत्रको विकासको लागि नेपाल उद्योग वाणिाज्य माहासंघले सहकार्य गर्ने प्रतिवद्वता जनाए । अधिवेशनमा आउने नयाँ टिम सर्वसहमति गर्न आग्रह गर्दै माहासंघका बरिष्ठ उपाध्यक्ष श्रेष्ठले वर्तमान अध्यक्ष होमबहादुर बस्नेतले कोभिड–१९ ताका, बाढी पहिरोमा मानवीय कार्य तथा सामाजिक कार्यमा समेत अतुलनीय भूमिका निर्वाह गरेकोमा खुशी व्यक्त गरे ।

कार्यक्रमा बाह्रबिसे नगरपालिका मेयर बालकृष्ण बस्नेतले सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ वर्तमान कार्यसमितिले रचनात्मक र उपलब्धीमूलक काम गरेको भन्दै अब आउने कार्यसमितिलाई थप चुनौति भएको जिकिर गरे । कार्यक्रममा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ लगाएत विभिन्न क्षेत्रबाट आएका प्रतिनिधिहरुले शुभकामना दिएका दिए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, शसत्र प्रहरी बलका प्रमुखहरु लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको सभाअध्यक्ष गरेका संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) ले संघले गरेको तीन वर्षका कार्यप्रगति प्रस्तुत गरेका थिए । संघका माहासचिव शम्भुबहादुर तिमिल्सिनाले सञ्चालन गरेको उक्त कार्यक्रमको समापन निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठले गरेका थिए । कार्यक्रममा संघमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

संघको निर्वाचन समितिले तयार गरेको कार्यतालिका अनुसार शनिबार बिहान मतदान हुने जनाएको छ । शनिबार बिहान ८ बजेबाट शुरु हुने मतदान प्रक्रिया साँझ ५ बजे सम्म राखिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

संघको अध्यक्षमा त्रिपक्षीय भिडन्त

११ औं अधिवेशनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । ५ गते भएको उम्मेदवारी दर्ताको क्रममा अध्यक्ष पदमा बुद्धराज बस्नेत, शम्भुबहादुर तिमिल्सिना र सुमन खत्रीको मनोनयन दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।
पदाधिकारी सहित ४६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत भिमप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार ५ गते भएको मनोनयन दर्ताका क्रममा ४ पदाधिकारी तथा दुई महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । जसमा प्रथम उपाध्यक्ष भेषबहादुर बस्नेत (राजेन्द्र), तृतीय उपाध्यक्ष बिचारी पराजुली, महासचिव ईश्वर गुभाजू र सहकोषाध्यक्ष उद्वव पौडेल निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्य पदमा कल्याणी घिसिङ र चमेली श्रेष्ठको उम्मेदवारी परेकोमा दुवैजना निर्विरोध निर्वाचित भएका छन् ।

संघको एघारौं अधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवार दायाँबाट क्रमश ः बुद्वराज बस्नेत, सुमन खत्री र शम्भुबहादुर तिमिल्सिना

बाँकी ४० जनाको मतदान प्रक्रियाबाट निर्वाचित हुनेछन् । जसमा बरिष्ठ एक पदका लागि उमेश प्रधान, विदुरप्रसाद पराजुली र सूर्यबहादुर कार्कीको उम्मेदवारी परेको छ । त्यस्तै द्वितीय उपाध्यक्ष एक पदका लागि ईन्द्रबहादर राउत र राजेश श्रेष्ठको उम्मेदवारी परेको छ । त्यस्तै सचिब पदका लागि तिर्थराज पौडेल र मोहनभक्त श्रेष्ठको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै महिला कोटा बाहेक १५ खुला सदस्य पदका लागि ३० जनाको उम्मेदवारी परेको निर्वाचन समितिले तयार गरेको मनोनयन दर्ता फारममा उल्लेख छ ।

अध्यक्षका ३ उम्मेदवार बीच यस्तो छ टक्कर

संघको ८औं अधिवेशनमा कमलकमार श्रेष्ठसंग प्रतिश्पर्धी बनेर पराजित बनेका बुद्वराज बस्नेत यसपटक पुनः अध्यक्षको दावेदार बनेका छन् । लामो समय देखि संघमा रहेका बस्नेत हाल संघको सल्लाकार समितिको सह–सभापतिको भूमिकामा छन् । उनलाई वर्तमान अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार) को समेत साथ रहेको बताईन्छ । त्यस्तै कांग्रेसका मुुल नेतृत्वले समेत बस्नेतलाई सहयोग गर्ने अड्कल गरिएको छ । केही पूर्व अध्यक्षको पनि आफूलाई समर्थन रहेको र मतदाताले समेत आफूलाई रुचाएको हुँदा आफ्नो जित सुनिश्ति रहेको उनको दावी छ । उनले जिल्लाका तीनवटै क्षेत्रमा मतदाताहरुसंग मत माग्ने काममा तिव्रता दिएका छन् ।

त्यस्तै अर्का उम्मेदवार हालका माहासचिव शम्भुबहादुर तिमिल्सिना पनि अध्यक्षको मैदानमा भिडेका छन् । लगातार संघमा रहेका तिमिल्सिना ईमान्दार तथा अनुभवि उम्मेदवार मानिन्छन् । उनलाई खासै पूर्व अध्यक्षहरुको समर्थन नरहेपनि मतदाताहरुले रुचाएको केही व्यवसायीको दावी छ । आफ्नो लामो अनुभव र लगानीका आधारमा यसपटक चुनाव जित्ने यदि हार भएमा दोहो¥याएर नलड्ने उनले बताए ।

यस्तै संघको निर्वाचनमा अध्यक्षका तीन प्रतिश्पर्धी मध्य उमेरले कान्छो रहेका सुमन खत्री सबैको आकर्षक पात्रका रुपमा खडा भएका छन् । फरक शैली र फरक भिजन लिएर अध्यक्षको उम्मेदवारी दिएका खत्री पूर्व अध्यक्ष बिष्णु खत्रीका भाई हुन् । हरेक चुनावमा विष्णु खत्रीको भूमिका निर्णायक हुने गरेको व्यवसायीहरु बताउँछन् । उनी मत माग्न अध्यक्षका उम्मेदवार सुमनलाई लिएर जिल्लाका मुख्य बजार र व्यवसायीहरुसंग पुग्न भ्याएका छन् । युवाहरुको लावालस्कर र ताँतीले साँच्चै चुनावी माहोल तताएका खत्रीलाई अन्य मतदाताहरुले मत कति देलान त्यो भने परिणाम पछि मात्रै थाहा पाईनेछ । यद्यपि माहोल हेर्दा आगमी चुनाव खत्रीको पक्षमा देखिएको व्यवसायीहरु बताउँछन् ।

आफ्नो भिजनले साँच्चै नयाँ उद्योग वाणिज्य संघ स्थापित गर्ने र सबैलाई समान हैसियत प्रदान गर्ने योजना रहेकोले आफूले जित हााँसिल गर्ने उनको दावी छ । उनलाई बरिष्ठ उपाध्यक्षका उम्मेदवार व्यवसायी उमेश प्रधानले समेत एउटै प्यानल बनाएर सघाएका छन् । आफू खत्रीकै प्यानलमा रहेकोले जित सुनिश्चित रहेको प्रधानको दावी छ । तीनैजना उम्मेदवार कांग्रेसका निकट मानिन्छन् । संघमा २ हजार ४ सय ८७ साधारण सदस्य रहेका छन भने आजिवन सदस्य ७३ जना रहेका छन् ।