६ घण्टा अगाडि

चिनियाँ पर्यटकहरूलाई नेपाली परम्पराअनुसार भव्य स्वागत, एनटीभीएको पूर्व अध्यक्ष कार्की भन्छन, ‘हाम्रो प्राथमिकता सुरक्षित र आरामदायी यात्रा हो’

Text Size

१५ असोज २०८३, काठमाडौँ । नेपाल भ्रमणका लागि आज चीनबाट आएका चिनियाँ पाहुनाहरूको एक टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। विगत २७ वर्षदेखि नेपालको पर्यटन तथा यातायात क्षेत्रमा विश्वसनीय सेवा प्रदान गर्दै आइरहेको नेपाल कम्फर्ट टुर सर्भिस प्रालिको तर्फबाट चिनियाँ पर्यटकहरूलाई नेपाली परम्परागत शैलीमा खादा ओढाएर र आत्मीय मुस्कानका साथ स्वागत गरिएको हो ।

आगमन पश्चात् चिनियाँ पाहुनाहरूलाई कम्पनीको आफ्नै ाभिभत मा रहेको अत्याधुनिक तथा सुविधासम्पन्न हाइगर टुरिस्ट बस (Higer Tourist Buses) मार्फत गन्तव्यतर्फ प्रस्थान गराइएको छ ।

यस विशेष स्वागत कार्यक्रम र पर्यटकहरूको नेपाल बसाईबारे बोल्दै नेपाल कम्फर्ट टुर सर्भिस प्रालिका सञ्चालक एवं नेपाल टुरिस्ट भेहिकल एशोसिएशन (NTVA ) का पूर्व अध्यक्ष रामशरण कार्कीले भन्नुभयो, “नेपाल र चीनबीचको सम्बन्ध सदियौँ देखि घनिष्ठ छ र चिनियाँ पर्यटकहरू हाम्रा आदरणीय पाहुना हुनुहुन्छ। विमानस्थलमा उहाँहरू ओर्लिने बित्तिकै पहिलो पाइलामै नेपाली आतिथ्यताको न्यानोपन महसुस गराउनु हाम्रो कर्तव्य हो । नेपाल कम्फर्ट टुर सर्भिस विगत दुई दशकभन्दा बढी समयदेखि पर्यटकहरूको सेवामा समर्पित छ । हाम्रा प्रशिक्षित चालक र अत्याधुनिक हाइगर बसहरू मार्फत यो चिनियाँ टोलीको नेपाल बसाईलाई पूर्ण रूपमा सुरक्षित, सहज र अविस्मरणीय बनाउन हामी प्रतिबद्ध छौँ । पर्यटन केवल ठाउँ घुम्नु मात्र होइन, यो त देशको छवि उच्च बनाउने र सुन्दर सम्झनाहरू साट्ने माध्यम हो ।’

विगतमा सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको नेपाल भ्रमणका क्रममा समेत सफलतापूर्वक ग्राउन्ड ट्रान्सपोर्टको व्यवस्थापन सम्हालेको यस कम्पनीले यसपटक पनि चिनियाँ पाहुनाहरूलाई उच्च स्तरको सेवा दिने जनाएको छ । नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन चिनियाँ पर्यटकहरूको आगमनले ठूलो टेवा पुग्ने विश्वास व्यवसायी कार्कीले व्यक्त गर्नुभयो ।

Sindhu Jwala Comments

प्रतिक्रिया

०
पहिलो प्रतिक्रिया दिनुहोस्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल प्रकाशित गरिने छैन। आवश्यक फिल्डमा * चिन्ह छ।