२ महिना अगाडि

पोषाक सहयोग गरि मनायो उद्योग बाणिज्य संघले स्थापना दिवश

Text Size

निर्मल बस्नेत
३० साउन, चौतारा । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ३२ औँ स्थाापना दिवशको अवसरमा चौतारामा रहेको शहीद स्मृति आवसीय वालग्राममा रहेका ४९ जना अनाथ र टुहुरा वालवालिलाई ट्रयाकसुट सहयोग गरेको छ ।


संघले सामाजिक उत्तरदायित्व बहनको लागि भनेर वालग्रामका वालवालिकालाई उक्त पोषाक प्रदान गरेका संघका अध्यक्ष बुधराज वस्नेततले बताए । सामाजिक कार्यमा अग्रसर संघको कार्यको प्रशंसा गर्दै ज्ञान मन्दिर माविका प्रअ पुन्य प्रसाद गजुरेल , विव्यस अध्यक्ष रामकृष्ण दंगालले वेसाहाराहरुको सहयोगमा हात फैलाउने कार्यको निरन्तरता पाओस् भनि कामना गरेको थिए । हिमालय सिमापार वाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेतले आगामी दिनमा वालग्राममा आवश्यकतामा आधारित रहेर सहयोग प्रदान गर्ने बचनबद्धता जनाए ।

संघको शाखा कार्यालय चौताराको सभाहलमा चौतारा र आसपासका उद्योगि तथा व्यवसायीको विविध पक्षहरुमा केन्द्रित रहेर अन्तरक्रिया समेत गरेको छ । अन्तरक्रिया कार्यक्रममा होटल, औषधी, खाद्यन्न, दुध डेरी र मासु व्यवसायीहरुको गुनासो सुन्ने र उक्त गुनासो उपर समाधानका विधि र प्रकृयाका विषयमा छलफल भएको थियो ।

संघका अध्यक्ष बुधराज बस्नेतले कुनै पनि उद्योगि तथा व्यवसायीले शिर उच्च राखेर ढुक्क संग काम गर्ने वातावरण सिर्जनाको लागि संघले भुमिका खेल्दै आएको बताए । र, उनले आगामी दिनहरुमा समेत व्यवसायिक हितको लागि सम्वद्ध पक्षहरुंलाई सुझाव तथा ध्यानाकर्षण गर्नेछौँ भनि सहभागि व्यववसायिलाई बचन दिए ।

संघले स्थापना दिवशको अवसरमा विगतको वर्षहरुमा बाह्रविसेमा रहेको सिन्धु बहिरा विद्यालय, चौतारामा रहेको बनदेबी माध्यमिक विद्यालयमा आवासीय रुपमा अध्ययनरत दृष्टीविहिन विद्यार्थी र चौतारा बुद्धाश्रममा रहेको जेष्ठ नागरिकहरुको लागि खाद्यन्न , शैक्षिक सामग्री, पोषाक र अन्य सहयोगहरु प्रदान गर्दै आईरहेको संघका मानार्थ उपाध्यक्ष उजारसिं तामाङले जानकारी गराएका थिए ।

कृष्ण रत्न गंगा माविका अध्यक्ष इश्वरीप्रसाद श्रेष्ठ, साना तथा मझौला व्यवसायी महासंघ नेपाल, सिन्धुपाल्चोकका अध्यक्ष हरीकुमार श्रेष्ठ, महिला मैत्री विकास समाजका अध्यक्ष कमला गिरीले .संघको स्थापना दिवशमा शुभकामना प्रदाान गरेका थिए ।
कार्यालय प्रमुख इश्यरीप्रसाद चालिसेको सहजीकरणमा भएको स्थापना दिवशको कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष उमेश प्रधान, हिमालय सिमापार बाणिज्य संघका उपाध्यक्ष सुजित बस्नेत, उवासंघका उपाध्यक्ष उजार सिं तामाङ, कोषाध्यक्ष सुरज पौडेल, सहकोषाध्यक्ष उद्धव पौड्याल, सदस्य कुमार थापा र सल्लाहकार रविन गौतम साधारण सदस्य उद्योगी, व्यवसायीह र सञ्चारकर्मीहरुको सहभागितामा सम्पन्न भएको थियो ।

Sindhu Jwala Comments

प्रतिक्रिया

०
पहिलो प्रतिक्रिया दिनुहोस्।

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल प्रकाशित गरिने छैन। आवश्यक फिल्डमा * चिन्ह छ।