सिन्धुपाल्चोक, साउन २१ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोकको आगामी जिल्ला अधिवेशनको चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । जिल्लाको नयाँ नेतृत्व र क्षेत्रीय कार्यसमिति चयनका लागि जिल्ला निर्वाचन समितिले उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेसँगै चुनावी जोडघटाउ र रस्साकस्सी निकै रोचक मोडमा पुगेको हो ।
सदरमुकाम चौतारामा सम्पन्न हुने भनिएको ऐतिहासिक जिल्ला अधिवेशनका लागि निर्वाचन समितिले उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । जसमा जिल्लाको सर्वोच्च कमाण्ड (सभापति) देखि क्षेत्रीय सदस्यसम्मका लागि दर्जनौँ आकांक्षीहरू मैदानमा उत्रिएका छन् । निर्वाचन समितिले दाबी विरोध तथा नाम फिर्ताका लागि साउन २१ गते बेलुका ६ः०० बजेसम्मको समय सीमा तोकेको थियो ।
जिल्ला कार्यसमितिः सभापतिमा ५ जनाको ‘हेभिवेट’ टक्कर
जिल्लाको सर्वोच्च नेतृत्व हात पार्न ५ जना प्रभावशाली नेताहरू चुनावी मैदानमा उत्रिएका छन् । यस पदमा हुने बहुपक्षीय भिडन्तले निर्वाचनलाई निकै रोचक बनाएको छ ।
सभापतिका उम्मेदवारहरूः
१.कुमार श्रेष्ठ (प्रस्तावकः मुनकुमार कुँवर ÷ समर्थकः दोर्जे तामाङ)
२. कमला खड्का (प्रस्तावकः राकेश बोम्जन ÷ समर्थकः धर्मेश थापा)
३. माया गुरुङ (प्रस्तावकः बलराम सन्याल ÷ समर्थकः सुन्दर सापकोटा)
४. पासाङ तामाङ (प्रस्तावकः भिमसेन बस्नेत ÷ समर्थकः सञ्जिव तामाङ)
५. दिलाराम श्रेष्ठ (प्रस्तावकः सुमित्रा श्रेष्ठ ÷ समर्थकः भरत कुमार पाठक)
उपसभापति (३ जना बीच प्रतिस्पर्धा)ःसरोजा श्रेष्ठ, मुके शेर्पा, र निमा याङ्जेन लामा । सचिव (एकल उम्मेदवारी)ःराजीव हमाल (राजीवको एकल उम्मेदवारी परेसँगै उनी सर्वसम्मत हुने सम्भावना बलियो बनेको छ) । सह–सचिव (२ जना बीच प्रतिस्पर्धा)ःदोर्जे तामाङ र विदुर खड्का ।
जिल्ला सदस्यहरू (९ जनाको उम्मेदवारी)ःगोकर्ण विक्रम सिलवाल, भुपेन्द्र बानियाँ क्षेत्री, पास तेम्बा शेर्पा, नन्दलाल श्रेष्ठ, नमराज भट्टराई, दिपेन्द्र स्याङ्बो तामाङ, लक्ष्मी अधिकारी, संसार श्रेष्ठ, र प्रदिप सिलवाल ।
२. क्षेत्र नम्बर १ः चुनावी समीकरण र दाबेदारहरूक्षेत्र नम्बर १ को सांगठनिक नेतृत्वका लागि पनि आकांक्षीहरूको लामो सूची देखिएको छ।क्षेत्रीय सभापतिः उत्तम ठकुरी र उमेश लामा बीच सिधा प्रतिस्पर्धा हुने भएको छ ।
क्षेत्रीय उपसभापति ’क’ः फुर्वा शेर्पा।क्षेत्रीय उपसभापति ’ख’ः प्रदिप नेपाल र सिताराम शर्मा बीच भिडन्त हुँदैछ । क्षेत्रीय सचिवः तेज बहादुर राउतको एकल उम्मेदवारी परेको छ । क्षेत्रीय सदस्यहरूः एगुन खड्का र समिर लामा मैदानमा छन् । ३. क्षेत्र नम्बर २ः नेतृत्वमा अर्यालको बलियो सम्भावना रहेको छ भने क्षेत्र नम्बर २ मा भने केही महत्वपूर्ण पदहरूमा सर्वसम्मतिको वातावरण बन्ने संकेत देखिएको छ ।
क्षेत्रीय सभापतिः प्रल्हाद अर्यालको मात्र एकल उम्मेदवारी परेको छ । (प्रस्तावकः शिव श्रेष्ठ ÷ समर्थकः भिम बहादुर सिलवाल) । क्षेत्रीय उपसभापति ’क’ः नकुल आचार्य । क्षेत्रीय सचिवः दिपकराज गिरी । क्षेत्रीय सदस्यहरूः गोकुल दंगाल र जगतबहादुर थापा ।
आन्तरिक लोकतन्त्रको नयाँ मोडेल
जिल्ला निर्वाचन समितिका संयोजक सुदन प्रसाद ज्ञवालीद्वारा जारी गरिएको यो प्रारम्भिक सूचीले रास्वपाभित्र बलियो आन्तरिक लोकतन्त्र र चुनावी उत्साह रहेको पुष्टि गर्दछ । परम्परागत राजनीतिक दलहरू भन्दा फरक शैलीमा संगठन निर्माण गरिरहेको रास्वपाको यस जिल्ला अधिवेशनलाई सिन्धुपाल्चोकमा निकै चासोका साथ हेरिएको छ । सूची सार्वजनिक भएसँगै ’घण्टी’ वाहक नेता तथा कार्यकर्ताहरू आफ्नो पक्षमा माहौल बनाउन आन्तरिक छलफल र लबिइङमा व्यस्त हुन थालेका छन् ।
प्रतिक्रिया