News Summary
Generated by FlyUp AI. Editorially reviewed.- भोटेकोसी–१ जलविद्युत आयोजना प्रभावित स्थानीय क्षेत्रमा २,००० बिरुवा वितरण गरिएको छ, जसमा सुन्तला, टिमुर, एभोकाडो र आरूका बिरुवा समावेश छन्।
- गौरीशंकर संरक्षण क्षेत्र व्यवस्थापन समिति फुल्पिङकट्टीसँगको समन्वयमा कार्यक्रम सम्पन्न भएको र साङ्दोर्जे शेर्पा (सागर) ले जानकारी दिएका छन्।
- कम्पनीले स्थानीय विकास र वातावरणीय सन्तुलनलाई प्राथमिकता रहेको बताएको छ र भविष्यमा पनि सामाजिक उत्तरदायित्वका कार्यहरू निरन्तरता दिने बताइएको छ।
सिन्धुपाल्चोक, असार २३ । भोटेकोसी–१ जलविद्युत आयोजना (४४ मे.वा.) को प्रवद्र्धक इलेक्ट्रो पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई फलफूलका बिरुवा वितरण गरेको छ ।

कम्पनीले गौरीशंकर संरक्षण क्षेत्र व्यवस्थापन समिति फुल्पिङकट्टीसँगको समन्वयमा कुल २,००० वटा बिरुवा वितरण गरेको हो । आयोजना प्रभावित क्षेत्रहरू हिन्दी, पन्थली, सुनखानी र फुल्पिङकट्टीका स्थानीय बासिन्दाहरूलाई लक्षित गरी सुन्तला, टिमुर, एभोकाँडो र आरूका बिरुवाहरू प्रदान गरिएको छ ।
वातावरण संरक्षण गर्दै स्थानीयको जीवनस्तर सुधार र स्वास्थ्य प्रवद्र्धनका लागि आयोजनाको सहयोगमा यी फलफूलका बिरुवाहरू वितरण गरिएको गौरीशंकर संरक्षण क्षेत्र व्यवस्थापन समिति भोटेकोसी–४ फुल्पिङकट्टीका सचिव साङ्दोर्जे शेर्पा (सागर) ले जानकारी दिए ।
बिरुवा वितरण कार्यक्रमका बारेमा जानकारी दिँदै इलेक्ट्रो पावर कम्पनीका जनसम्पर्क अधिकृत निर्मल राउतले आयोजना निर्माणसँगै स्थानीय समुदायको हित र वातावरणीय सन्तुलनलाई कम्पनीले सधैं प्राथमिकतामा राखेको बताए ।
उनले यस्ता कार्यक्रमले स्थानीय बासिन्दा र आयोजनाबीचको सम्बन्धलाई थप मजबुत बनाउने र आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे । उक्त बिरुवा वितरण कार्यक्रम गौरीशंकर संरक्षण क्षेत्र इलाका संरक्षण कार्यालयका रेन्जर आदित्य के.सी. को विशेष उपस्थितिमा सम्पन्न भएको थियो । यस अभियानले स्थानीय स्तरमा हरियाली बढाउनुका साथै भविष्यमा आयआर्जनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।
प्रतिक्रिया