पाँचपोखरी थाङपाल गाउँपालिकामा पहिलोपटक सडक कालोपत्रे सुरु, अध्यक्ष टासी लामाद्वारा शिलान्यास

कार्तिक १७, थाङपालधाप । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले पहिलोपटक सडक कालोपत्रे गर्ने कार्यको सुरुवात गरेको छ । सीमित आन्तरिक आयस्रोत र आर्थिक चुनौतीका बाबजुद गाउँपालिकाले आफ्नै क्षेत्रभित्र सडक कालोपत्रे गर्ने काम अघि बढाएको हो । गाउँपालिकाका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी, वडाध्यक्षलगायत जनप्रतिनिधि तथा स्थानीयको उपस्थितिमा आज मेलम्ची–तिपेनी–भोताङ सडकखण्ड अन्तर्गत गाउँपालिकाको गेट आसपास र […]
सिन्धुपाल्चोक कांग्रेसमा अनौठो राजनीतिक दृश्य: बहालवाला सभापति छँदै बस्नेत पनि चयन, एकै जिल्लामा दुई सभापति

कार्तिक १७, सिन्धुपाल्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकको राजनीतिक वृत्तमा नयाँ मोडसँगै एउटा अनौठो र विरलै देखिने राजनीतिक दृश्य देखा परेको छ। जिल्लामा बहालवाला सभापति जंगबहादुर तामाङ (लामा) क्रियाशील रहेकै अवस्थामा अर्को पक्षले बालकृष्ण बस्नेतलाई पनि जिल्ला सभापतिमा चयन गरेपछि एउटै जिल्लामा दुई जना सभापति दाबी गर्ने स्थिति सिर्जना भएको हो। नेपाली कांग्रेसको आसन्न […]
काङ्ग्रेस सिन्धुपाल्चोक इतर पक्षको सभापतिमा बालकृष्ण बस्नेत निर्विरोध

१७ कात्तिक, बाह्रबिसे (सिन्धुपाल्चोक) । नेपाली काङ्ग्रेसको संस्थापन इतर पक्षको सिन्धुपाल्चोक जिल्ला अधिवेशनबाट बाह्रबिसे नगरपालिकाका प्रमुख (मेयर) बालकृष्ण बस्नेत जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । संस्थापन पक्षलाई खुला चुनौती दिँदै देशव्यापी समानान्तर अधिवेशन सञ्चालन गरिरहेको इतर पक्षले सोमबार बाह्रबिसेमा सम्पन्न जिल्ला भेलाबाट बस्नेतको नेतृत्वमा सिंगो कार्यसमिति निर्विरोध चयन गरेको हो । अधिवेशनले पदाधिकारीदेखि सदस्यहरूसम्म […]