खेलकुदका माध्यमबाट सगरमाथामा परेको जलवायु परिवर्तनको असर विश्वसामु पु¥याउनुपर्छः मन्त्री पौडेल

२३ असोज, काठमाडौं । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले सगरमाथालगायत हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको गम्भीर प्रभावलाई खेलकुदमार्फत विश्व समुदायसम्म पु¥याउनुपर्ने बताएका छन् । उनले खेलकुदलाई केवल प्रतिस्पर्धा र मनोरञ्जनमा मात्र सीमित नराखी वातावरण संरक्षण, जलवायु न्याय र नेपालको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्ने शक्तिशाली माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिए […]