होटेल तथा पर्यटन व्यवसायी वाग्मति प्रदेशले सुकुम्बासी पीडितलाई सहयोग गर्ने
बैशाख १३, काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल वाग्मती प्रदेशले सुकुम्बासी पीडितलाई सहयोग गर्ने जनाएको छ ।
आफ्नो संस्थागत गतिविधिलाई अगाडि बढाउदै सामाजिक उत्तरदायित्व बहन कार्यमा समेत सक्रियातापूर्वक निरन्तर क्रियाशील रही आएको उक्त संघले सरकारसंग सहकार्य गरेर जोखिमयुक्त क्षेत्रबाट सरकारले उद्धार गरेका नागरिकहरूको सुरक्षित व्यवस्थापनका लागि सहयोग गर्ने बताएको हो ।
वाग्मती प्रदेश संघ अन्तर्गत काठमाडौं जिल्लाभित्र रहेर बिभिन्न इकाईहरुमा आवद्ध होटलहरूसँग आवश्यक समन्वय गरी समस्यामा परेका नागरिकहरुलाई नागरिकहरूलाई अस्थायी आश्रयस्थल -बसोबास) उपलब्ध गराउन सकिने व्यवस्था मिलाउन आफुहरु तयार रहेको होटल तथा पर्यटन व्यवसायी संघ नेपाल वाग्मती प्रदेशका अध्यक्ष दामोदर नेपालले जानकारी दिए । उद्धार गरिएका व्यक्तिहरूको सुरक्षा र तत्कालको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै संघले व्यवस्थित रूपमा आवास उपलब्ध गराउने उनले बताए । शनिबार संघले एक प्रेस वक्तव्य जारी गर्दै उक्त धारणा सार्वजनिक गरेको हो ।
संघले शनिबार जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ–…आज काठमाडौँका थापाथली लगायतका बिभिन्न जोखिमयुक्त क्षेत्रबाट सरकारले उद्धार गरेका नागरिकहरूको सुरक्षित व्यवस्थापनका लागि सरकारसँग सहकार्य गर्न हाम्रो संघ पूर्ण रूपमा तयार रहेको जानकारी गराउँदछौं ।
यस वाग्मती प्रदेश संघ अन्तर्गत काठमाडौं जिल्लाभित्र रहेर बिभिन्न इकाईहरुमा आवद्ध होटलहरूसँग आवश्यक समन्वय गरी समस्यामा परेका नागरिकहरुलाई नागरिकहरूलाई अस्थायी आश्रयस्थल -बसोबास) उपलब्ध गराउन सकिने व्यवस्था मिलाउन हामी तयार रहेको व्यहोरा समेत अवगत गराउदछौं । उद्धार गरिएका व्यक्तिहरूको सुरक्षा र तत्कालको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यवस्थित रूपमा आवास उपलब्ध गराउने हाम्रो स्पष्ट प्रतिबद्धता रहेको छ ।
यस कार्यका लागि सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय गरि व्यवस्थापनका लागि सहकार्य गर्न हाम्रो संघ तयार रहेको समेत जानकारी गराउँदछौ ।Ú

